logo

दुर्गम गन्तव्य उडानमा क्यानले जारी गरेको नयाँ सर्कुलर स्वागतयोग्यः वायुसेवा संचालक संघ

    187   पटक पढिएको


३ भदौं/अर्थ र व्यापार – नागरिक उड्डयन प्राधिकरणले दुर्गम गन्तव्य उडानमा जारी गरेको नयाँ सर्कुलरलाई वायुसेवा संचालक संघले मुलुकको उड्डयन क्षेत्रका लागि उपयुक्त भनेको छ ।
करिब एक महिनायता प्राधिकरणले जारी गरेको बर्खे मापदण्डप्रति असन्तुष्टि जनाउँदै आएको संघले पछिल्लो समय जारी गरिएको नयाँ सर्कुलर स्वागतयोय रहेको जनाएको हो।
‘हामी हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौं। हवाई उडान संचालन गर्दा भविष्यमा आइपर्ने विविध कठिनाइका विषयहरुमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने छौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले कर्णालीसहित पहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा हवाई सेवा लिँदै आएका जनता तथा पर्यटकमा पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै नयाँ सुरक्षा निर्देशिका जारी गरेको थियो।
हालको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै संघले हवाई उडान गर्दा भविष्यमा आइपर्ने कुनै प्रकारका समस्याहरुको उचित पहिचान गरी सहमति र सहकार्यबाट समाधान गर्दै जाने जनाएको छ।
प्राधिकरणले विकट गन्तव्यका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था (भीएमस) सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा अनिवार्य गरेको छ।
जहाज उडान गर्नु अगाडि भिजुअल मेट्रोलिकल कन्डिसन सुरक्षित सुनिश्चिततापछि पाइलट इन कमान्ड सम्पूर्णरुपमा सन्तुष्ट हुनुपर्ने प्रावधान बनाइएको छ।
यसैगरी नेपालगन्जबाट विकट गन्तव्यका विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले अनिवार्य फ्लाइट अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा सम्बन्धि सम्पूर्ण कार्य उसैले गर्नुपर्ने प्रावधान बनाइएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको संयोजकत्वमा पहाडी क्षेत्रका विमानस्थल संचालन समय पुनरावलोकन गर्ने तथा इन रुट वेदर को उपलब्धतताबारे अध्ययन गरिने जनाइएको छ । प्राधिकरणले जारी गरेको निर्देशिकाले उडान अवरुद्ध भएपछि हुम्लामा भने विरोध भएको छ। उक्त जिल्ला सडक सञ्जालसँग जोडिएको छैन। उडान पनि नहुँदा जनजीवन प्रभावित भएको छ ।
प्राधिकरणलाई निर्देशन सच्याउन हुम्लाको नागरिक समाजले आग्रह गरिसकेको छ भने यही विषयलाई लिएर कर्णाली प्रदेश सभामा प्रतिपक्षी दल एमालेले बैठक अवरुद्ध पारेको छ। त्यसैले निर्देशन पुनरावलोकनका लागि प्राधिकरण दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।