२ साउन/अर्थ र व्यापार– क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल वायुसेवा निगमको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
निगमको आरए ४२२ उडान भर्नु अघि ९एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो । अहिले यसको व्यवस्था भइसकेको र विमान उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ ।
के–कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।
कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने बताएको छ ।
तपाईको प्रतिक्रिया