logo

धान रोप्दै पर्यटन राज्यमन्त्री सिर्पालीले भनिन‘कृषिलाई पर्यटनसँग जोड्नुपर्छ’

    1006   पटक पढिएको


१५ असार/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छिन । शुक्रबार १५ असारको धान रोपाइँ दिवस मनाउन नुवाकोट पुगेकी राज्यमन्त्री सिर्पालीले यस्तो बताएकी हुन् ।
राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० को शुभारम्भ गर्दै धान रोपाईमा सहभागी भएकी सिर्पालीले कृषिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताएकी हुन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजित रोपाई महोत्सवको उद्घाटन गर्दै पर्यटन राज्यमन्त्री सिर्पालीले कृषि देशको आर्थिक मेरुदण्ड भएकोले यसलाई पर्यटनसँग जोड्न सकिए देसको अर्थतन्त्र थप मजबुत बन्न सक्ने बताइन् ।
उनले कृषिमा आत्मनिर्भरताका लागि समेत प्रेरित गर्न आफू धान रोपाई कार्यक्रममा सहभागी भएको बताइन् । शुक्रबार २० औं राष्ट्रिय धान दिवसको अवसरमा नुवाकोटमा राष्ट्रिय स्तरको भिटोफ नेपाल तथा बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजनामा रोपाई महोत्सव २०८० को आयोजना गरिएको थियो ।
धान रोपाई हाम्रो संस्कृति भएकोले धानमा नेपाललाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने भन्दै राज्यमन्त्री सिर्पालीले पर्यटनलाई स्थानीय कृषि उपज सँग जोड्न आग्रह गरिन। ‘हाम्रो संस्कृति,सम्पदा, प्रकृति सँगै कृषिलाई पनि पर्यटनसँग समेट्नुपर्छ र समग्र ग्रामीण र पर्यटनको दिगो विकासका लागि कृषि पर्यटन आजको आवश्यकता पनि हो’ राज्यमन्त्री सिर्पालीले भनिन् ।
सो कार्यक्रममा भिटोफका पदाधिकारीहरु लगायत पर्यटन क्षेत्रसित सम्बन्धीत सरोकारवालाहरु तथा बेल्कोटगढी नगरपालिकाका मेयर जगतबहादुर लामा लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।