logo

अर्थमन्त्री समक्ष हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग

    1050   पटक पढिएको


६ जेठ/अर्थ र व्यापार – नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक गरेको बजेट मार्फत हवाई टिकटमा लगाइएको मुल्यअभिबृद्धिकर (भ्याट) फिर्ता गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाको नेतृत्वमा गएको प्रतिनिधीले अर्थमन्त्री महतलाई भेटेर यस्तो माग गरेको हो । नाट्टाले वैदेशिक भ्रमणको प्याकेज विक्री गर्दा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्था गरिएकोमा पनि आपत्ति जनाएर यस्तो निणर्य फिर्ता गर्न अर्थमन्त्री महतको ध्यानाकर्षण गराएको छ ।
गत १५ जेठमा सरकारले सार्वजनिक गरेको बजेटमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको नाट्टाका प्रतिनिधीले अर्थमन्त्री महतलाई विभिन्न तिनबुँदे मागपत्र बुझाएका छन् ।

‘विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने नाट्टाको सो मागपत्रमा उल्लेख छ ।
सोही मागपत्र अनुसार नाट्टाले बजेट मार्फत सरकारले गरेको यस्तो कार्यले देसको पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

यसैगरि, नाट्टाले बजेट मार्फत सरकारले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु पनि गलत भएको बताएको छ ।
सरकारले अहिले पनि विभिन्न शिर्षकहरु राखि हवाई टिकटमा कर उठाईरहेको सर्वविदितै छ । यसका साथै नयाँ बजेट मार्फत लागु गर्न खोजिएको आउटबोन टुरको ५ प्रतिशत तथा हवाई टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरि र कुन आधारमा लिइने हो ? त्यसको स्पष्ट व्ययस्था समेत नभकाले यो नियम कार्यान्वयनको पक्ष एकदमै जटिल रहेको भन्दै नाट्टाले यो निणर्य फिर्ता लिन माग गरेको छ । सोही पत्र मार्फत नाट्टाले सरकारलाई विभिन्न सुझाव समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।