logo

काठमाडौं महानगरपालिकाले विमानस्थलको तारबार काटिदिएपछि प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण, कानूनी कारवाही गर्ने चेतावनी

    1009   पटक पढिएको

१ असार/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार काठमाडौ महानगरका प्रमुख मेयर साहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले मेयर बालेनलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो ।

शुक्रबार प्राधिकरणले सार्जजनिक सूचना निकालेर ७ दिने स्पष्टीकरण सोधेको हो ।प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको बताए । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बिहीबार प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सीङ्ग तार काटेका थिए ।
‘प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे÷ गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो । नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ अएको थियो ।
महानगरपालिाकाका कर्मचारीबाट यस्तो आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा प्राधिकरण ऐन, २०५३ को दफा २५(१)बमोजिम संजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नु’ प्राधिकरणको पत्रका यस्तो उल्लेख छ ।
यसअघि महानगरपालिकाले प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्मित नयाँ भवनहरुको नक्सा पास नै नगरिकन बनाईको भन्दै यस्तै अल्टिमेटम दिएको थियो । अहिले यस विषयलाई लिएर महानगरपालिका र प्रधिकरणबीच ठुलो बिबाद भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।