३२ जेठ/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौको सिनामंगलस्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।
महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौं–९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुन बमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएको हो ।
गत ३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो । सोही अनुसार प्राधिकरणलाई पनि सोही सूचना अनुसार महानगरपालिकाले भवनको नक्साको विवरण माग गरेको हो ।
तपाईको प्रतिक्रिया