logo

वायुसेवा निगमले भैरहवाबाट क्वालालम्पुर उडान थाल्यो, एकतर्फी भाडा ३१ हजार रुपैयाँ

    920   पटक पढिएको


३० जेठ/ अर्थ र व्यापार – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले मंगलवारदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान सुरु गरेको छ ।
निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट मंगलबार बिहान ८ः४५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो।
भैरहवाबाट निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले सो विमानमा सवार यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।
निगमको विमानले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर काठमाडौं फर्किएको थियो। निगमले हरेक साता मंगलबार मलेसियादेखि भैरहवा–काठमाडौं उडान नियमित भर्ने जनाएको छ । मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेटको रहेको छ ।
निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रर्वद्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो । अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।

निगमले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूटअन्तर्गत साताको एकदिन मंगलबार उडान भर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न–अराउण्ड फ्लाइट भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ । त्यहाँबाट यात्रु चढाउन पनि पाइँदैन। यसैगरि, चालक दलका सदस्यहरु पनि हेरफेर हुँदैनन्।
२०७९ सालको २ जेठबाट व्यवसायिक रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरवेज मात्रै थियो ।
कुवेत–भैरहवा गर्दै आएको जजिराले पछिल्लो करिब डेढ महिनादेखि आफनो व्यवसायीक नेपाल उडान रोकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।