logo

भ्याटले हवाई भाडा थप महंगिने भएकाले सरकारको ध्यानाकषण भएको छ: पर्यटनमन्त्री

    828   पटक पढिएको


२९जेठ/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले व्यवसायीले माग गरेअनुसार हवाई टिकट काट्दा थप १३ प्रतिशत मुल्यअभिबृद्धिकर (भ्याट) लगाउँदा नेपालको हवाइ भाडा थप महंगो हुने भएकाले यस विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।

पर्वतारोहण संचालक संघ नेपालद्धारा राजधानीमा आयोजित यसपालीको बसन्त ऋतुमा सगरमाथा तथा ल्होत्से हिमाल आरोहणमा बाटो खोल्ने तथा डोरी टाङ्ने टोलिलाई सम्मान कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन ।
उनले यसअघि सम्बन्धीत सरोकारवालाहरु एवं पर्यटन व्यवसायीले गर्दै आएको माग बमोजिम सरकारले यस विषयलाई निकै गम्भिर रुपमा लिएको बताए । सायद छिटै पर्यटन तथा हवाई टिकटमा सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत लगाईएको १३ प्रतिशत भ्याट फिर्ता हुने उनले आश्वासन दिए ।

यसैगरि, मन्त्री किराँतीले हिमाल आरोहीले नेपालको पर्यटन क्षेत्रमा खेलेको भूमिका एकदमै महत्वपूर्ण भएकाले हिमाल आरोहणमा सहयोग गर्ने आरोही तथा उनीहरुका सहयोगीहरुलाई यस संघले गरेको सम्मान पनि एकदमै महत्वपूर्ण भएको बताए । उनले हिमाल सरसफाईमा पनि थप ध्यान दिन सम्बन्धीत सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।
पर्वतारोहण संचालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले यस कार्यक्रमको बारेमा जानकारि गराएका थिए ।

यसैगरि, पर्वतारोहण संचालक संघ नेपालका कोषाध्यक्ष ऋषि भण्डारीले यस संस्थाले अहिलेसम्म गरेका विविध गतिविधीहरुका बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा संघले बाटो खोल्ने क्रममा ज्यान गुमाउने आरोहीको परिवार तथा आफन्तलाई आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।
सो कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनीधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।