२३ जेठ/अर्थ र व्यापार – काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काएर अवतरण गराइएको छ ।
चालक दलकास सदस्य लगायत ७२ जना यात्रु सवार सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल टाढा पुगेपछि फर्काएर अवतरण गराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्राविधिक समस्या देखिएको जानकारी पाएपछि तुरुन्त आकासमा उडेको सो विमान काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो ।
उडेपछि ‘प्रसाइराइजेसन फेलियर’ का कारण सो विमान काठमाडौं नै फर्कार अवतरण गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयले जानकारि दिए अनुसार विमान बाहिरको वातावरणसँग विमानभित्रको वातावरण नमिल्नु नै ‘प्रेसराइजेसन फेलियर’ हो ।
तपाईको प्रतिक्रिया