logo

अध्यागमन डेक्समा बस्ने कर्मचारीले सुर्तीजन्य पदार्थ र चुइगम खाए कारबाही

    743   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार– सरकारले अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन निषेध गरेको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि कर्मचारीले सुर्तीजन्य पदार्थ, गुट्खा, चुइगम सेवन कदापी नगर्ने’ निर्देशनमा भनिएको छ ।’ उनले कर्मचारीलाई मुस्कानसहितको सेवा प्रवाह गर्न समेत निर्देशन दिएका छन् ।
यसैगरि, सेवा प्रवाह गर्दा आतिथ्यतालाई उच्च प्राथमिकता दिन समेत सो निर्देशनमा भनिएको छ । अध्यागमन कार्यालयमा हेल्प डेस्क राख्ने र त्यसमा अनिवार्य कर्मचारी खटाउन समेत उनले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

ड्युटीको समयमा सबै कर्मचारीले अनिवार्य ड्रेस कोडको पालना गर्नुपर्ने र तोकिएको समयसम्म ड्रेसमै बस्नु पर्ने समेत निर्देशनमा उल्लेख छ । ड्युटी अवधिभर कुनै पनि अध्यागमन अधिकृतले तोकिएको डेस्क छाड्न पाउने छैनन् ।
कारणवश छाड्नु परेमा सँगैको अर्को अधिकृतसँग सल्लाह गरेर वा ड्युटी अफिसरसँग अनुमतिमा मात्र डेस्क छाड्न पाइने गरी महानिर्देशकले निर्देशन जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।