logo

मौद्रिक नीतिको समीक्षा स्वागतयोग्य: होटल व्यवसायी

    596   पटक पढिएको


२ जेठ/अर्थ र व्यापार – होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिको समिक्षालाई स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने उद्देश्यले आगामी असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने गरी नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ ।
यस्तो व्यवस्थाप्रति होटल व्यवसायीले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधान स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागु गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिनुपर्ने माग गरेको छ ।

घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट हुबहु कार्यान्वयनको वातावरण बनाउन समेत संघले माग गरेको छ ।
संघले यस अघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरु लागु गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाइ तथा बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित सञ्चालक समितिहरुबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहार भएको समेत संघको भनाइ छ ।

संघले एकल अंकको ब्याजदरको माग गर्दै आएको छ । आगामी आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट, वित्तीय एवम मौद्रिक नीतिमा यस क्षेत्रको सुधार तथा विकासका लागि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन समेत संघले माग गरेको छ ।

संघले पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीति सहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रवद्र्धनात्मक कार्यक्रम ल्याउन समेत भनेको छ ।
संघका नवनिर्वाचत अध्यक्ष विनायक शाहको सभापतित्वमा सम्पन्न हानको कार्यकारिणी परिषद्को बैठकमा पदाधिकारीहरु र देशैभरिबाट प्रतिनिधित्व गर्ने कार्यसमिति सदस्यहरुले होटल संघ नेपालको आगामी वार्षिक नीति, बजेट तथा कार्यक्रम पारित गरेका छन् ।

यसैगरि, संघले आगामी जनवरीमा नेपाल आतिथ्य दिवस आयोजना गर्ने पनि निर्णय गरेको छ । बैठकले शशिकान्त अग्रवाल र रविभक्त श्रेष्ठलाई संघको मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।