logo

मौद्रिक नीतिको समीक्षा स्वागतयोग्य: होटल व्यवसायी

    1008   पटक पढिएको


२ जेठ/अर्थ र व्यापार – होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिको समिक्षालाई स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने उद्देश्यले आगामी असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने गरी नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ ।
यस्तो व्यवस्थाप्रति होटल व्यवसायीले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधान स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागु गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिनुपर्ने माग गरेको छ ।

घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट हुबहु कार्यान्वयनको वातावरण बनाउन समेत संघले माग गरेको छ ।
संघले यस अघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरु लागु गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाइ तथा बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित सञ्चालक समितिहरुबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहार भएको समेत संघको भनाइ छ ।

संघले एकल अंकको ब्याजदरको माग गर्दै आएको छ । आगामी आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट, वित्तीय एवम मौद्रिक नीतिमा यस क्षेत्रको सुधार तथा विकासका लागि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन समेत संघले माग गरेको छ ।

संघले पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीति सहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रवद्र्धनात्मक कार्यक्रम ल्याउन समेत भनेको छ ।
संघका नवनिर्वाचत अध्यक्ष विनायक शाहको सभापतित्वमा सम्पन्न हानको कार्यकारिणी परिषद्को बैठकमा पदाधिकारीहरु र देशैभरिबाट प्रतिनिधित्व गर्ने कार्यसमिति सदस्यहरुले होटल संघ नेपालको आगामी वार्षिक नीति, बजेट तथा कार्यक्रम पारित गरेका छन् ।

यसैगरि, संघले आगामी जनवरीमा नेपाल आतिथ्य दिवस आयोजना गर्ने पनि निर्णय गरेको छ । बैठकले शशिकान्त अग्रवाल र रविभक्त श्रेष्ठलाई संघको मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।