logo

‘दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’को तयारी पुरा

    780   पटक पढिएको


२६ बैशाख/अर्थ र व्यापार – नेपाल एसोसियसन अफ नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा) ले आगामी २८ देखि ३० बैशाखसम्म आयोजना हुने दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट को तयारी पुरा भएको जनाएको छ ।
कोरोना महामारिले थलिएको नेपालको पर्यटन प्रवद्र्धन गरि पर्यटकीय गतिविधी बढाउने उदेस्यले वुद्धभूमी लुम्बिनीमा हुने सो मार्टको सबै तयारी पुरा भएको नाट्टाले जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाद्धारा मंगलबार जारि विज्ञप्तिमा कोरोनापछि नेपालको पर्यटन गतिविधी सामान्य रूपमा पुन सुचारु भइरहेको अवस्थामा पर्यटकिय आगमनलाई तिब्र बनाउदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र वुद्धभूमी लुम्बिनी लाई केन्द्रमा राखि विश्वभर नेपालको सम्पदा आध्यात्मिक लगाएत पर्यावरणिय साहासिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो मार्ट आयोजनाको सम्पूर्ण तयारी पुरा भएको उल्लेख छ ।

नाट्टाको आयोजनामा हुने सो मार्टमा नेपाल सरकार, संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा गठन गरेको बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समितिको निर्णयका आधारमा मूल आयोजक समितिको सदस्य सचिव एवं कार्यक्रम कार्यान्वयन गर्ने संस्थाका रूपमा नाट्टा रहेको नेपाल पर्यटन बोर्डको संयोजनमा सम्पन्न हुने नाट्टाले जनाएको छ ।
यस बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट को सचिवालय नाट्टाले आगामी २८ देखि ३० बैशाखसम्मका लागि भारत, मलेसिया, चाइना, कोरिया ,वंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट ३५ भन्दा बढि ट्राभल÷टूर कम्पनीहरु सहभागी हुने छन । नेपालवाट पनि सोही संख्यामा ट्राभल÷टूर कम्पनीहरु विक्रेताका रूपमा सहभागी गराई बिटुबी कार्यक्रम समेत सञ्चालन गर्ने तयारीको काम सकिएको नाट्टाले जनाएको छ ।

सो कार्यक्रमको उद्घाटन लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आगामी २८ बैशाखमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने तयारी छ । सो उद्घाटन सत्रमा सहभागी हुन् विदेशी पाहुनाहरु, विदेशी ट्राभल÷टूर कम्पनीका प्रतिनिधीहरु, नेपाल सरकारका प्रतिनिधीहरु, नेपाल पर्यटन बोर्डका अधिकारीहरु , नाट्टाका सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरु लगायत लुम्बिनी जाने कार्यक्रम रहेको नाट्टाले जनाएको छ ।
उद्घाटन सत्रपछि लुम्बिनीको होटल पवन प्यालेसमा बिटुबी कार्यक्रम आयोजना हुने छ भने सोहि होटलमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुती सहितको सेमिनार आयोजना हुने छ । सो सेमीनारको संयोजन प्रा.डा. हिमलाल घिमिरेले गरिरेका छन । सो सेमिनारले नेपालको लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार मार्फत नेपाललाई पर्यटकिय हव बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने गरि तयारी गरेको नाट्टाले जनाएको छ ।

सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्न जर्मन ,वंगलादेश तथा अष्ट्रेलियावाट विज्ञहरु नेपाल आइसकेको जानकारी गराउँदै नाट्टाले यस बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टुर/ट्राभल कम्पनीहरु र होटल ब्यवसायीले विदेशी टूर/ट्राभल कम्पनीहरुसंग व्यापार साझेदारी गर्ने संभावना वृद्धि हुने अपेक्षा गरिएको बताएको छ ।
यसैगरि, लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन थप मद्धत पुग्ने विश्वास लिइएको भन्दै नाट्टाले यसैगरि, भैरहवामा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमावस्थलको संचालनमा सहयोग पुग्नुकासाथै लुम्बिनी प्रदेशमा संचालित नेपाली ट्राभल टूर कम्पनी होटल व्यावसायीको लगानी अनुसार प्रचारप्रसार र प्रतिफल प्राप्त गर्न पनि थप सहयोग पुग्ने अपेक्षा गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।