logo

आजबाट औपचारिक रूपमा संचालनमा आयो मौलाकाली केबलकार प्रधानमन्त्री दाहालले गरे उदघाटन

    1086   पटक पढिएको


१८ बैशाख/अर्थ र व्यापार – नवरपरासीको गैंडाकोटमा निर्मित मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैंडाकोट–१ स्थित मौलाकाली केबलकारको बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै सो केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने धारणा राख्र्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
उनले तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको भन्दै अब यस क्षेत्रलाई आर्थिक समृद्धि क्षेत्रको रुपमा विकास गर्ने बताए ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केवलकारको निर्माणसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।
मौलाकाली केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम रहेको उदाहरण मौलाकाली केबलकार बनेको जिकिर गरे।
करिब १,२०० मिटर लम्बाईंको केबलकारमा १४ वटा गोण्डोला रहेका छन्। फेदी बटमस्टेसनबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिरनजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । जम्मा पाँच मिनेटमा मौलाकालिका मन्दिर पुगिने भएपछि अब यहाँ पैदल हिंडन नसक्नेहरु समेत सहजै माथीसम्म पुग्न पाउने अवसर यो केबलकारले गरिदिएको स्थानीयवासीको भनाई छ ।
उनीहरुले यो केबलकार संचालनमा आएपछि यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।