logo

आजबाट औपचारिक रूपमा संचालनमा आयो मौलाकाली केबलकार प्रधानमन्त्री दाहालले गरे उदघाटन

    646   पटक पढिएको


१८ बैशाख/अर्थ र व्यापार – नवरपरासीको गैंडाकोटमा निर्मित मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैंडाकोट–१ स्थित मौलाकाली केबलकारको बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै सो केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने धारणा राख्र्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
उनले तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको भन्दै अब यस क्षेत्रलाई आर्थिक समृद्धि क्षेत्रको रुपमा विकास गर्ने बताए ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केवलकारको निर्माणसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।
मौलाकाली केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम रहेको उदाहरण मौलाकाली केबलकार बनेको जिकिर गरे।
करिब १,२०० मिटर लम्बाईंको केबलकारमा १४ वटा गोण्डोला रहेका छन्। फेदी बटमस्टेसनबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिरनजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । जम्मा पाँच मिनेटमा मौलाकालिका मन्दिर पुगिने भएपछि अब यहाँ पैदल हिंडन नसक्नेहरु समेत सहजै माथीसम्म पुग्न पाउने अवसर यो केबलकारले गरिदिएको स्थानीयवासीको भनाई छ ।
उनीहरुले यो केबलकार संचालनमा आएपछि यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।