logo

हान अध्यक्षमा शाह, व्यवसायीका समस्या समाधान गर्दै अघिबढ्ने लक्ष्य

    650   पटक पढिएको

१७ बैशाख/अर्थ र व्यापार – होटल संघ नेपाल (हान)को १४ औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । संघको ४८औँ वार्षिक साधारणसभा मार्फत शाह संघको अध्यक्षमा निर्वाचित भएका हुन ।
नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका प्रवन्ध निर्देशक हुन् । उनी यसअघि हानको प्रथम उपाध्यक्ष थिए । काठमाडौमा सम्पन्न सोही साधारण सभाले नवनिर्वाचित अध्यक्ष शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरि, कार्यसमिति सदस्यहरुमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशंकर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल, गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे निर्वाचित भएका छन् । उनीहरु सबैजना सर्वसहमतीको आधारमा यस कार्यसमितिमा चयन भएका हुन ।
आफु संघमा प्रवेश गरेको छोटो अवधीमै शाहलाई ५८ वर्ष पुरानो होटल एसोसिएसन अफ नेपाल (हान) को अध्यक्षको जिम्मेवारीमा पुग्न धेरै समय कुर्नुपरेन। हानमा आबद्ध भएको ११ वर्षमै शाहले हान अध्यक्ष भई नेतृत्व गर्न सफल भएका हुन्।
यसअघि दुईपटक महासचिव र एकपटक प्रथम उपाध्यक्ष को जिम्मेवारी पुरा गरेका शाह अहिले हानको १४औं अध्यक्ष भएका हुन । तीनतारे होटल एयरपोर्टका प्रबन्ध निर्देशक शाह सन् २०१२ मा महासचिवका रूपमा हानमा प्रवेश गरेका थिए ।
सामान्यतया हानको पदाधिकारी हुन एक कार्यकाल केन्द्रीय सदस्य बनेको व्यवसायी हुनुपर्छ। तर, शाहको हकमा त्यो लागू भएन। यतिसम्म कि उनले आफ्नो होटल २०११ मा सुरु गरेका थिए भने हान महासचिव २०१२ मा नै बन्ने अवसर पाएका थिए ।
त्यसैले अहिले शाहले पाएको यो नेतृत्व गर्ने अवसरकालाई आम व्यवसायीले राम्रो अवसरको रुपमा हेरेका छन । त्यसमा पनि यो निर्वाचन एवं साधारण सभामा सबै व्यवसायीलाई एकजुट बनाएर सर्बसहमतीको आधारमा आफुले हानको नेतृत्व सम्हाल्ने काम हुनुमा पनि अहिले व्यवसायीले शाहको यस भूमिकालाई पनि सकारात्मक रुपमा लिएका छन ।
नवनिर्वाचित अध्यक्ष शाहले आफुले हानको गरिमालाई थप उचाईमा पु¥याउने काम गर्दै अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यका हकहितमा काम गर्नेदेखि व्यापार प्रवद्र्धनका काम गर्ने बताउँदै शाहले भने, ‘यतिमात्र नभई होटल व्यवसायीलाई परेका नीतिगत अप्ठ्यारा सहज बनाउँदै अघि बढ्ने मेरो भावी योजना छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।