logo

फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको पुष्टि भएकोछैन: प्राधिकरण

    650   पटक पढिएको

१२ वैशाख/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको भन्नेबारे कुनै प्रमाण पुष्टि हुन नसकेको जनाएको छ ।
विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ । यसअघि फ्लाइ दुबईले विमानमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो ।
प्राधिरकणले मंगलबार विमानमा चरा ठोकिएकोबारे कुनै पुष्टि हुन नसकेको बताएको छ । प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास नभेटिएको बताए । एउटा भँगेरो मृत भेटिएको थियो त्यो भँगेरा पनि केही दिन अगाडि नै मरेर सुकिसकेको अवस्थामा फेला परेको बताउँदै सिटौलाले भने , ‘यो हिजोको घटनाका कारण मरेको होइन।’
प्राधिकरणका अनुसार सोमबार एफजेड ५७६ फलाई दुबईको विमानका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सो विमानलाई आपतकालिन अवतरण गराउनकालागि आवस्यक सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो ।
पाइलटले सो विमानलाई काठमाडौं अवतरण गराउन चाहेको अवस्थामा त्यसको तयारी गरिएको थियो । तर, पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए ।
यसबारे कम्पनीले प्राधिकरणलाई अब आफ्नोतर्फबाट रिर्पोटिङ गर्नेछ । त्यसपछि मात्र सो विमानमा के भएको थियो भन्नेबारे सत्य खुल्ने प्राधिकरणले जनाएको छ ।
सोमबार राति सवा ९ बजे दुबईकालागि काठमाडौबाट उडेको केही समयमा नै सो विमानमा प्राविविध गडबढी भएको थियो ।
त्यसपछि केही समय विमानस्थल लगायत सो विमानमा देखिएको प्राविविधक समस्याको हल्लाले त्यो विमानमा सवार यात्रुका आफन्त लगायत धेरैलाई चिन्तित बनाएको थियो । तर, सो विमान सकुसल आफ्नो गन्तव्यस्थलमा पुगेर अवतरण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।