logo

वायुसेवा निगमद्धारा ऋणको ब्याज, हर्जाना र पेनल छुट गरिदिन आग्रह

    1045   पटक पढिएको


७ वैशाख/अर्थ र व्यापार – आर्थिक संकटमा परेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ ।
कोरोना महामारीको कारणले पनि व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुटगरी सहयोग गरिदिन आग्रह गरेको हो ।
गत असार महिनायता ऋणबाफत् २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको निगमले किस्ताको संख्या बढाई ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई यस्तो आग्रह गरेको छ ।
वायुवेवा निगमका प्रवक्ता रमेश पौडेलले निगमको आग्रहबारे कोषसँग छलफल भइरहेको बताए ।
निगमले वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकीरसमेत गरेको छ । त्यसैकारण अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी विमान ऋण लिएर खरिद गरेको थियो ।
ऋणको किस्ताबाफत गत ३० चैतमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
यसअघि असार महिनामा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हनार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।