logo

निगमले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुर शिधा उडान भर्ने

    973   पटक पढिएको


३ बैशाख /अर्थ र व्यापार – मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आगामी जेठको दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा शिधा उडान भर्ने भएको छ । जसकालागि अहिले आवस्यक तयारीमा जुटेको निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको बताए । यहि तालिका अनुसार आगामी जेठ दोस्रो सातादेखि कम्तीमा दुईवटा गन्तव्यमा उडान सुरु गरिने उनले जानकारी दिए ।
पौडेलले आवश्यक उडान अनुमति,जनशक्ति,प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीब्रता दिई समयमै काम सक्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरेको जानकारी दिए ।
उनले आवश्यक उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बकिङ खुल्ला गरिने बताए । दुई मुलुक र इनरुट पर्ने मुलुकमा आवश्यक पर्ने अनुमतिका लागि निवेदन दिइसकेको जानकारि गराउँदै पौडेलले भने,‘सातामा कम्तीमा एकउडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।’
निगमका अनुसार अब थप यात्रुको चाप बढ्यो भने उडान संख्या बढाइने छ । निगमले यी दुई गन्तव्यबाट अहिले काठमाडौंमा भने नियमित उडान भरिरहेको छ । भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रि विमानस्थलबाट अहिले जजिरा एयरले मात्र नियमित उडान भरिरहेको छ । निगमले दुवै रुटमा ए ३२० विमान प्रयोग गर्ने गरी तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।