logo

अन्तर्राष्ट्रिय उडान भर्न पोखराका व्यवसायीको माग, पर्यटनमा गरिएको लगानी जोखिममा परेको गुनासो

    909   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – पोखराका व्यवसायीहरुले गत १ जनवरी अंग्रेजी नववर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म बाह्य उडान नभएपछि अन्तर्राष्ट्रिय उडान भर्न माग गरेका छन ।
उद्घाटन गरिएको झन्डै आधा वर्ष हुँदा समेत अझै अन्तर्राष्ट्रिय उडान नभएकाले आफुहरुले पर्यटन पूर्वाधारमा गरेको लगानी जोखिममा परेको भन्दै पोखराका व्यवसायीहरुले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुनुपर्ने माग गरेका हुन ।
निकै तामझामकासाथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराको पर्यटनमा भएको लगानी नै जोखिममा परेको व्यवसायीको चिन्ता छ ।
पर्यटक बढ्न थालेका बेला अन्तर्राष्ट्रिय उडान भइदिए त्यसले थप सकारात्मक सन्देश जाने उनीहरूको भनाई छ । पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’, अर्थमन्त्री प्रकाशशरण महत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई भेटेर पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका हुन ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा केहीदिन अघि काठमाडौं आएका व्यवसायीको टोलीले सरकारसँग यस्तो माग गरेको हो ।

पोखराका व्यवसायीले आफ्ना माग प्रस्तुत गरेपछि सो भेटमा प्रधानमन्त्री दाहालले छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमणका क्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकतामा राखेर विषय उठान गर्ने आश्वासन दिएका थिए ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले आफुहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले अब भारतसँग पोखरा आउने एयर रुट (हवाई प्रवेश मार्ग) का लागि कुरा राख्ने बताएको जानकारि दिए । आफैंले उद्घाटन गरेको विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान छिटो गर्नेमा प्रधानमन्त्री सकारात्मक रहेको बताउँदै सिग्देलले भने, ‘छिट्टै निकास निस्कनेमा आशावादी छौं ।’
गत १७ पुसमा प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका थिए । यसैबीच, होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा आयोजित १८ औं फेवा नव वर्ष महोत्सवको क्रममा सहभागी भएका पोखराका व्यवसायीले अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो सुरु गर्नुपर्ने माग गरेका छन ।
होटल संघ नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताए । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिनुपर्ने माग गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेका व्यवसायी जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । ‘व्यवसायीले त्यो अवस्थामा लगानी थपे तर, कोरोना महामारी र आर्थिक मन्दीले अपेक्षाअनुसार पर्यटक आएनन्,’ उनले भने ।
अब पुनर्कर्जा, भुक्तानी तालिकाको पुनर्तालिकीकरणको व्यवस्था नगरे, ब्याजदर एक अंकमा नघटाए व्यवसायी सडकमा आउने स्थिति व्यवसायीलाई भएको उनले बताए । यस्तो अवस्थामा पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भए मात्रै पनि केहि राहत मिल्ने उनको भनाइ थियो ।

पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भर्ने विषय सरकारसँग गम्भीर रूपमा राखिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जनाए ।
पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको र संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने उनको भनाई छ । यो घोषणासँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोल्ने विषय जोडिएको उनले जानकारि दिए ।
नयाँ वर्ष २०८० सालको अवसरमा आयोजित तीनदिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा थिए ।

महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भयो । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
कोरोना महामारि लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।