logo

अन्तर्राष्ट्रिय उडान भर्न पोखराका व्यवसायीको माग, पर्यटनमा गरिएको लगानी जोखिममा परेको गुनासो

    231   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – पोखराका व्यवसायीहरुले गत १ जनवरी अंग्रेजी नववर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म बाह्य उडान नभएपछि अन्तर्राष्ट्रिय उडान भर्न माग गरेका छन ।
उद्घाटन गरिएको झन्डै आधा वर्ष हुँदा समेत अझै अन्तर्राष्ट्रिय उडान नभएकाले आफुहरुले पर्यटन पूर्वाधारमा गरेको लगानी जोखिममा परेको भन्दै पोखराका व्यवसायीहरुले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुनुपर्ने माग गरेका हुन ।
निकै तामझामकासाथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराको पर्यटनमा भएको लगानी नै जोखिममा परेको व्यवसायीको चिन्ता छ ।
पर्यटक बढ्न थालेका बेला अन्तर्राष्ट्रिय उडान भइदिए त्यसले थप सकारात्मक सन्देश जाने उनीहरूको भनाई छ । पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’, अर्थमन्त्री प्रकाशशरण महत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई भेटेर पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका हुन ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा केहीदिन अघि काठमाडौं आएका व्यवसायीको टोलीले सरकारसँग यस्तो माग गरेको हो ।

पोखराका व्यवसायीले आफ्ना माग प्रस्तुत गरेपछि सो भेटमा प्रधानमन्त्री दाहालले छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमणका क्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकतामा राखेर विषय उठान गर्ने आश्वासन दिएका थिए ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले आफुहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले अब भारतसँग पोखरा आउने एयर रुट (हवाई प्रवेश मार्ग) का लागि कुरा राख्ने बताएको जानकारि दिए । आफैंले उद्घाटन गरेको विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान छिटो गर्नेमा प्रधानमन्त्री सकारात्मक रहेको बताउँदै सिग्देलले भने, ‘छिट्टै निकास निस्कनेमा आशावादी छौं ।’
गत १७ पुसमा प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका थिए । यसैबीच, होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा आयोजित १८ औं फेवा नव वर्ष महोत्सवको क्रममा सहभागी भएका पोखराका व्यवसायीले अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो सुरु गर्नुपर्ने माग गरेका छन ।
होटल संघ नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल गर्नुपर्ने बताए । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कूटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिनुपर्ने माग गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर लगानी गरेका व्यवसायी जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । ‘व्यवसायीले त्यो अवस्थामा लगानी थपे तर, कोरोना महामारी र आर्थिक मन्दीले अपेक्षाअनुसार पर्यटक आएनन्,’ उनले भने ।
अब पुनर्कर्जा, भुक्तानी तालिकाको पुनर्तालिकीकरणको व्यवस्था नगरे, ब्याजदर एक अंकमा नघटाए व्यवसायी सडकमा आउने स्थिति व्यवसायीलाई भएको उनले बताए । यस्तो अवस्थामा पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भए मात्रै पनि केहि राहत मिल्ने उनको भनाइ थियो ।

पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भर्ने विषय सरकारसँग गम्भीर रूपमा राखिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जनाए ।
पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको र संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने उनको भनाई छ । यो घोषणासँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधारणका लागि खोल्ने विषय जोडिएको उनले जानकारि दिए ।
नयाँ वर्ष २०८० सालको अवसरमा आयोजित तीनदिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा थिए ।

महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भयो । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
कोरोना महामारि लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले बोकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।