logo

कोरोनापछि पहिलोपटक १८० जना चिनियाँ पर्यटक आए, डेढ महिनाभित्र थप ७०० पर्यटक ल्याइने

    473   पटक पढिएको


३० चैत/अर्थ र व्यापार – कोरोना विश्व महामारिपछि छिमेकी मुलुक चीनबाट पहिलोपटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
हिमालयन एयरलाइन्सको चार्टर उडानबाट आएको चिनियाँ पर्यटकको समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले स्वागत गरेका थिए ।
नेपाल बिग मान्टेन ट्राभलले हिमालयन एयरलाइन्सको विमान चार्टर गरि चिनियाँ पर्यटक बिहीबार काठमाडौ ल्याएको हो । नेपालका लागि चिनीयाँ राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी चिनियाँ पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
चीनियाँ पर्यटकलाई विमानस्थलमै खादा माला सहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किराँतीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको भन्दै कोभिड महामारीपछि चिनीयाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
पर्यटनमन्त्री किराँती र चिनियाँ राजदूच सोङबीच विमानस्थलमै भएको भेटका क्रममा मन्त्री किराँतीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडनकालागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरे।
राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाईको गन्तव्य भएको जानकारि गराउँदै नेपालको पर्यटन विकासकालागि चीन सधैं सकारात्मक भएको बताए ।
कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकको संख्या क्रमशः बढ्ने अपेक्षा गरिएको उनले बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने अपेक्षा गरिएको बताए ।
उनले नेपाल चीन सीमा नाका रसुवा र तातोपानी नाकाहुँदै आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन पनि चिनीयाँ राजदूत समक्ष आग्रह समेत गरे।
एकसय ८० चिनियाँ पर्यटकहरुले बिहीबार हिमालय एयरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान भरेका हुन्।
आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७०० सय चिनियाँ यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।
पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, सन् २०२० मा १९ हजार २५७, सन् २०२१ मा ६ हजार १९६, सन् २०२२ मा ५ हजार ५९५ र सन् २०२३ को मार्चसम्म ६ हजार ३३७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
कोरोनापछि बिहीबार पहिलोपटक चिनियाँ पर्यटक काठमाडौ ल्याएको नेपाल बिग मान्टेन ट्राभलका प्रवन्ध निर्देशक सुर्दशन नेपालले आगामी डेढ महिनाभित्र थप ७०० पर्यटक ल्याउने तयारी गरिएको बताए ।
प्रवन्ध निर्देशक नेपालले चिनियाँ पर्यटकको यस भ्रमणले चीनमा पनि सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले शुक्रबारदेखि हुने नाट्टाको चाइना सेल्स मिसनले पनि चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा थप आकर्षित गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।