logo

सगरमाथा आधार शिविरमा ६/७ वर्षका बालबालिका देखि ८० वर्षिय बृद्धबृद्धासम्म, नेपालको पदयात्रा र पर्वतिय भ्रमणमा नयाँ आयाम थपियो: सिम्खडा

    784   पटक पढिएको

३० चैत/अर्थ र व्यापार – नेपाल भित्रिने पर्यटक आगमन संख्या बृद्धि भएसँगै अहिले विश्वको सर्बोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा ६/७ वर्षका बालबालिका देखि ७० वर्षिय बृद्धबृद्धाहरु समेत रमाउन थालेका छन ।
बेलायतबाट १६ जनाको पारिवारिक भ्रभणमा आएका ६/७ वर्षका बालबालिकादेखि ८० वर्षको बृद्धबृद्धा सहितको टोलिलाई अर्थवाउण्ड एक्पीडिसन प्रालिले सगरमाथा आधार शिविर क्षेत्रमा पुराएको हो ।
आफ्ना घरपरिवारका सदस्य जम्मा भएर नेपालको नयाँ वर्ष २०८० को अवसरका अहिले संसारको छानो सगरमाथा हिमाल आधार शिविर क्षेत्रमा पुगेका कुल १६ जना पारिवारिक भ्रमणदलका बेलायती सदस्यहरु मध्ये ८/९ जना बालबालिका रहेका छन । यो भ्रमणदलका सदस्यहरुमा एकदुईजना ८० वर्षिय बृद्धबृद्धाहरु समेत रहेका छन ।

अर्थवाउण्ड एक्पीडिसन प्रालिका प्रवन्ध निर्देशक राजन सिम्खडाले बुधबार आफ्नो कम्पनीका निर्देशक बद्रि गजुरेलको संयोजकत्वमा बेलायतबाट नेपाल आएका बालबालिकादेखि बृद्धबृद्धाहरुको यस पारिवारिक भ्रमण टोली सगरमाथा आधार शिविरमा पुगेको जानकारि दिए । उनले बालबालिका र बृद्धबृद्धा सहितको यस बेलायती पारिवारिक टोली सगरमाथा आधार सिविरमा पुगेसँगै नेपालको पदयात्रा तथा पर्वतिय भ्रमणकालागि नयाँ आयाम थपिएको बताए । अर्थवाउण्ड एक्पीडिसनका निर्देशक गजुरेल म्याराथुन धावक पनि हुन । 

‘मलाई जानकारी भएसम्म सायद यो बालबालिका र बृद्धबृद्धा सहितको भ्रमण टोली नै पहिलोपटक सगरमाथा आधार शिविर क्षेत्रमा पुगेको हुनसक्छ’ सिम्खडाले भने । आफुले यसअघि यतिसाना बालबालिका र ८० वर्षिय बृद्धबृद्धा सहभागी पारिवारिक पदयात्रा भ्रमण सगरमाथा आधार शिविरमा भएकोबारे जानकारि नपाएको बताउँदै उनले भने, ‘ कोरोना विश्वमहामारिले थलिएर विस्तारै चलायमान हुँदै गरेको नेपालको पर्यटन क्षेत्रकालागि यो भ्रमण निकै उपलब्धीमुलक र फलदायी हुने छ ।’

उनले सगरमाथा आधार शिविर क्षेत्रमा पुगेर रमाउँदै गरेको यस बेलायती पारिवारिक भ्रमणले अन्तर्राष्ट्रिय जगतमा अहिले नेपालको पदयात्रा भ्रमण निकै सुरक्षित र आनन्ददायी रहेछ भन्ने सन्देस प्रभाव हुने अपेक्षा गरिएको बताए । यसरी बालबालिका र बृद्धबृद्धा सहितको पारिवारिक भ्रमणमा विदेशी आउन थाल्नु नेपालको पर्यटन क्षेत्रकालागि निकै राम्रो भएको र आगामी दिनमा पनि पारिवारिक भ्रमण र सुरक्षित गन्तव्यका रुपमा विकसित हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।