logo

सगरमाथा आरोहणमा गएका तीनजना सम्पर्कविहिन

    543   पटक पढिएको


२९ चैत/अर्थ र व्यापार – सगरमाथा आरोहण गर्न गएका तीनजना आरोही सम्पर्कविहीन भएका छन्। आरोहणका क्रममा बुधबार बिहान ९ः३० बजेदेखि सम्पर्कविहीन आरोही अहिलेसम्म नभेटिएपछि उद्दारका लागि सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको पर्यटन विभागले जनाएको छ ।
विभागका प्रवक्ता युवराज खतिवडाले सो जानकारि गराएका हुन ।

उनले सम्पर्कविहीन हुनेमा दा छिरी शेर्पा, लाम्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेको जानकारी दिए। ‘बिहानैदेखि सिम्रिक हेलिकोप्टर र इम्याजिन नेपालको टीम परिचालन गर्दा पनि उहाँहरुलाई फेला पार्न सकिएको छैन,’ प्रवक्ता खतिवडाले भने,’इम्याजिन नेपाल र सिम्रिकको हेलिकोप्टरमार्फत उद्दारका लागि परिचालन गरिएको थियो। तर, फेला परेको छेन।’
उनले सगरमाथा बेसक्याम्प १ छेउ खोंचको ५० मिटर गहिराइसम्म खोजी गर्दा पनि आरोही फेला नपरेको जानकारी दिए । उनले बेपत्ता आरोहीहरुको खोजी कार्य जारी रहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।