logo

एक महिनामै भित्रिए एकलाख पर्यटक, कोभिडयताकै सबैभन्दा उच्च

    733   पटक पढिएको



१९ चैत/अर्थ र व्यापार – एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ को तुलनामा ७८ प्रतिशत ‘रिभाइभ’ हो ।
सन् २०१९ मा मार्च महिनामा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । यो वर्ष कोभिड–१९ सुरु भएको थिएन । भारतीय र अमेरिकी तथा युरोपबाट आगमनमा सुधार हुँदा समग्र पर्यटनमा सकारात्मक संकेत देखिएको उनले बताए । यससँगै सन् २०२३ को तीन महिनाको अवधिमा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् ।
जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
मार्चमा यो संख्या उल्लेख्य बढेको छ । नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदैछ । यससँगै अप्रिल महिनामा आगमन अझ बढ्ने गर्छ ।

पाँच वर्षको तुलना गर्दा मार्च महिनामा सन् २०१९ ः १,२७,३५१,सन् २०२० ः ४२,७७६,सन् २०२१ ः १५,२५४, सन् २०२२ ः ४२,००६, सन् २०२३ ः ९९,४२६ पर्यटक नेपाल भित्रिएका छन ।
सबैभन्दा धेरै भारतीय, दोस्रोमा अमरिका यो महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । तेस्रो स्थानमा भने बेलायती देखिएका छन् । यसबाहेक युरोपबाट अन्य मुलुकका पर्यटकको आगमन समेत सकारात्मक देखिएको छ ।
चिनियाँ पर्यटक समेत बढ्ने क्रममा रहेका छन् । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा मार्चमा २ हजार ६३५ जना चिनियाँ नेपाल आएको तथ्यांक छ । दक्षिण कोरियाबाट २ हजार ६३९ जना नेपाल आएका छन् । बंगलादेशबाट २ हजार ४६६ जना पर्यटक नेपाल आएका छन् ।
भारतबाट २५,९११, अमेरिकाबाट ९,५५७, बेलायतबाट ६,१३३, जर्मनीबाट ४,१४९, श्रीलंकाबाट ३,८९८ जना पर्यटक नेपाल भित्रिएका छन ।
यसैगरि, थाइल्याण्डबाट ३,८२९ जना, फ्रान्सबाट ३,००९जना, कोरियाबाट २,६३९जना र चीनबाट २,६३५ जना पर्यटक नेपाल भित्रिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।