logo

प्यासिफिक एसिया ट्राभल एसोसिएसनको वार्षिक शिखर सम्मेलन पोखरामा हुने

    1111   पटक पढिएको


१३ चैत/अर्थ र व्यापार – प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ । नेपाल सरकार, पाटा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे २९ देखि १ जुनसम्म पोखरामा शिखर सम्मेलन हुन लागेको हो ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाटाका महासचिव सुमन पाण्डेले पाटा शिखर सम्मेलनसहित पाटाको बोर्ड बैठक, वार्षिक जनरल मिटिङ, जनरल बोर्ड मिटिङसमेत पोखरामै हुने जानकारी दिए ।
उनले कोरोना महामारीले सुस्ताएको नेपालको पर्यटनलाई उठाउन पाटा शिखर सम्मेलनले ठूलो भूमिका खेल्ने दाबी गरे । २०७२ मा भूकम्प जाँदा पनि पाटाले नेपालको पर्यटन बजार रिकभर योजना ल्याएको थियो । त्यसले छोटो समयमै रिकभर पनि भएको बताउँदै उनले भने, ‘अहिले पनि हामी कोरोनापछि रिकभरको पर्खाइमा छौं ।’
नेपालको पर्यटन बजारमा पोखराको पर्यटनले ठूलो प्रभाव पार्ने भएकाले शिखर सम्मेलन पनि पोखरामै हुन लागेको पाण्डेले सुनाए । शिखर सम्मेलनमा १५ देशका पाटा कार्यकारी बोर्ड सदस्यहरु सहभागी हुने उनले जानकारी दिए ।
शिखर सम्मेलनमा विभिन्न देशका पर्यटन व्यवसायीको सहभागी हुने हुनाले एकआपसको अनुभव आदानप्रदान गर्ने एउटा राम्रो प्लेटफर्म पनि जानकारि गराउँदै उनले भने, ‘यसको भरपूर फाइदा पोखराले पनि लिन सक्छ । यहाँका पर्यटन व्यवसायीले छुटाउनै हुँदैन ।’
शिखर सम्मेलनका अवसरमा हुने एड्भेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोजक पाटाले जनाएको छ ।
कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना हुने नेपाल पर्यटन बोर्डका कार्यकारी डा.प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए ।
उनले हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन र पोखरामा भएको हवाई दुर्घटनापश्चात फैलिएको गलत अपवाहलाई चिर्न पनि महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।