logo

बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत बेस्ट सीइओ,कतार इन्टरनेशनल एयरलाइन्स अफ द इयर

    1101   पटक पढिएको


३ चैत/अर्थ र व्यापार – उडान सेवा सञ्चालकहरुका लागि आयोजित सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डको २०२२ को संस्करणमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज सर्वोत्कृष्ट भएका छन् ।
ग्लोबल एक्रिडिसन काउन्सिलद्वारा गत सोमबार आयोजित समारोहमा १६ विधाका सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्डस् नेपाल–२०२२ घोषणा गरिएको हो ।
अनलाइन भोटिङ, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्यांकका नतिजाको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।
सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वटा वायु सेवाप्रदायक तथा आन्तरिकतर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गरेका थिए । जसमा बेस्ट एयरलाइन्स अफ द इयर–इन्टरनेशनल अवार्ड कतार एयरवेज विजेता भएको छ ।
यसैगरी, बेस्ट एयरलाइन्स अफ द इयर आन्तरिकमा बुद्ध एयर, बेस्ट एयरलाइन्स अफ द इयर हाइब्रिड तथा एलसीसीमा हिमालय एयरलाइन्स, बेस्ट एयरलाइन्स अफ द इयर अफलाइन अप्रेसनमा एमिरेट्स एयरवेज छन्।
यसैगरी, बेस्ट नेसनल एयरलाइन्समा नेपाल एयरलाइन्स, बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसनमा नेपाल एयरलाइन्स ग्राउण्ड ह्याण्डेलिङ, बेस्ट विजनेस क्लासमा कतार एयरवेज, बेस्ट एकोनोमी क्लासमा फ्लाई दुबई र बेस्ट क्याबिन क्रुमा एयर अरेबिया छन्।
साथै, बेस्ट ट्रान्जिट एयरपोर्ट लाउन्जमा टर्किस एयरलाइन्स, बेस्ट एयरलाइन्स रिवार्ड प्रोगाममा कतार एयरवेज, बेस्ट एयरलाइन्स एयर फेयर पोलिसीमा कतार एयरवेज र बेस्ट एयरलाइन्स फ्रन्ट डेक्स सपोर्टमा जजिरा एयरवेज भएका छन्।
यस्तै सीइओ अफ द इयर नेपाली एयरलाइन्समा वीरेन्द्रबहादुर बस्नेत (बुद्ध एयर), बेस्ट एयरलाइन्स म्यानेजर अफ द इयर इन्टरनेशनल एयरलाइन्समा सारिक बोगटी (कतार एयरवेज) र बेस्ट जनरल सेल्स एजेण्ट (जीएसए) फरेन एयरलाइन्समा सोसाइटी इन्टरनेशनल विजेता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।