logo

बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत बेस्ट सीइओ,कतार इन्टरनेशनल एयरलाइन्स अफ द इयर

    903   पटक पढिएको


३ चैत/अर्थ र व्यापार – उडान सेवा सञ्चालकहरुका लागि आयोजित सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डको २०२२ को संस्करणमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज सर्वोत्कृष्ट भएका छन् ।
ग्लोबल एक्रिडिसन काउन्सिलद्वारा गत सोमबार आयोजित समारोहमा १६ विधाका सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्डस् नेपाल–२०२२ घोषणा गरिएको हो ।
अनलाइन भोटिङ, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्यांकका नतिजाको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।
सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वटा वायु सेवाप्रदायक तथा आन्तरिकतर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गरेका थिए । जसमा बेस्ट एयरलाइन्स अफ द इयर–इन्टरनेशनल अवार्ड कतार एयरवेज विजेता भएको छ ।
यसैगरी, बेस्ट एयरलाइन्स अफ द इयर आन्तरिकमा बुद्ध एयर, बेस्ट एयरलाइन्स अफ द इयर हाइब्रिड तथा एलसीसीमा हिमालय एयरलाइन्स, बेस्ट एयरलाइन्स अफ द इयर अफलाइन अप्रेसनमा एमिरेट्स एयरवेज छन्।
यसैगरी, बेस्ट नेसनल एयरलाइन्समा नेपाल एयरलाइन्स, बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसनमा नेपाल एयरलाइन्स ग्राउण्ड ह्याण्डेलिङ, बेस्ट विजनेस क्लासमा कतार एयरवेज, बेस्ट एकोनोमी क्लासमा फ्लाई दुबई र बेस्ट क्याबिन क्रुमा एयर अरेबिया छन्।
साथै, बेस्ट ट्रान्जिट एयरपोर्ट लाउन्जमा टर्किस एयरलाइन्स, बेस्ट एयरलाइन्स रिवार्ड प्रोगाममा कतार एयरवेज, बेस्ट एयरलाइन्स एयर फेयर पोलिसीमा कतार एयरवेज र बेस्ट एयरलाइन्स फ्रन्ट डेक्स सपोर्टमा जजिरा एयरवेज भएका छन्।
यस्तै सीइओ अफ द इयर नेपाली एयरलाइन्समा वीरेन्द्रबहादुर बस्नेत (बुद्ध एयर), बेस्ट एयरलाइन्स म्यानेजर अफ द इयर इन्टरनेशनल एयरलाइन्समा सारिक बोगटी (कतार एयरवेज) र बेस्ट जनरल सेल्स एजेण्ट (जीएसए) फरेन एयरलाइन्समा सोसाइटी इन्टरनेशनल विजेता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।