logo

नाट्टा सचिवालयमा लगाईएको ताला खुलाईयो

    915   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) सचिवालयमा गत शुक्रबारदेखि लगाईएको ताला खुलाईएको छ ।
नाट्टा नेपालको पर्यटन प्रवद्धन र पर्यटन व्यवसायीहरुको हित संरक्षण गर्न स्थापित अग्रणी संस्था रहेको सबैलाई जानकारि नै छ । नाट्टा सचिवालयमा तालाबन्दि पछि नाट्टा कार्यसमिति र संयुक्त पर्यटन ट्रेड युनियन फोरमका प्रतिनिधिहरुबीच चारपटक वार्ता सम्पन्न भएपनि कुनै ठोस निष्कर्ष निस्कन नसकेको अवस्थामा वार्ता चलिरहने तर, समस्या समाधानमा तत्परता नदेखाउने क्रमजारी रहँदा नाट्टाको क्यालेन्डर अनुसारका महत्वपूर्ण पर्यटन प्रवद्धनात्मक कार्यहरु स्थगित हुन पुगेको भन्दै नाट्टाले ताला खुलाएको हो ।
कोभिड १९ पछि भर्खरै सुचारु हुनलागेको पर्यटन व्यवसायमा यस प्रकारका घटनाबाट स्वदेश तथा विदेशमा नकारात्मक सन्देश गई नेपालको पर्यटन विकासमा समेत दिर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकोले नाट्टा कार्यसमितिको निर्णय बमोजिम स्थानिय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र संचारकर्मीहरुको रोहवरमा नाट्टा कार्यालयमा लगाइएको ताला खोलेर प्रशासनिक कार्यलाई सुचारु गरिएको नाट्टाले जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाको हस्ताक्षरमा जारि प्रेस विज्ञप्तिमा विगत केही समय देखि संयुक्त पर्यटन ट्रेड युनियन फोरमका नाममा विविध मागहरु राखेकोमा नाट्टाले आपूmसंग सम्बन्धित मागहरु पुरा गर्न सम्बन्धित सबै पक्षसंग छलफल गरि समस्या समाधान गर्न प्रयासरत गर्दागर्दै आपूmसंग असम्बन्धित मागहरुका सम्बन्धमा गत २५ फागुनमा नाट्टा सचिवालयमा वार्ता चलिरहेको अवस्थामा फोरमका प्रतिनिधिहरु अकस्मात वार्ता छाडी तालावन्दी गरिएकोप्रति दुःख लागेको उल्लेख छ ।
पर्यटन व्यवसायमा भएका यस्तो गतिविधीबाट स्वदेश तथा विदेशमा नकारात्मक सन्देश गई नेपालको पर्यटन विकासमा समेत दिर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकोले नाट्टा कार्यसमितिको निर्णय बमोजिम स्थानिय निकायका प्रतिनिधि र प्रहरी प्रशासनको रोहवरमा ताला खोलिएको नाट्टाले जनाएको छ ।
यस्ता समस्याको समाधान वार्ता र छलफलबाटमात्र सम्भव हुने कुरा पुन स्पष्ट पार्दै संयुक्त पर्यटन ट्रेड युनियन सम्बद्ध प्रतिनिधिहरु लगायत सरोकारवालाहरुलाई सौहाद्रपूर्ण वातावरणमा समस्या समाधान गर्न नाट्टा सधै तत्पर रहेको नाट्टाले जनाएको छ ।
यसैगरि, नाट्टाले सोहि विज्ञप्ति मार्फत विगत केहीदिनदेखि नाट्टा सचिवालयको काम अवरुद्ध हुंदा नाट्टाका सदस्य, सेवाग्राही तथा सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दछौं भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।