logo

विदेशी पर्यटक पदयात्रामा जादाँ अब अनिवार्य गाइड राख्नुपर्ने

    447   पटक पढिएको


२१ फागुन/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्डले आगामी १ अप्रिलदेखि लागु हुनेगरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको छ । बोर्डले गरेको यो नयाँ निणर्यसंगै अब नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रा भ्रमणमा जानुपर्ने भएको छ ।
बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १०को उपदफा ‘क’ बमोजिम यो निर्णय गरेको हो ।
नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ ।
यसअघि नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो ।
यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक टे«ड युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा,उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआईटी)’ बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए ।
यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्त्वय बनाउन पर्छ भन्ने नै रहेको भन्दै उनले विभागिय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतीमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको उनले बताए । यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्ने उनको भनाई । सिईओ रेग्मीले यो निर्णय संगै नेपालमा ट्रेकिङ गार्डडहरूको रोजगारी साथै आय समेत बढ्ने अपेक्षा गरिएको बताए ।
पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालमा पदयात्रा भ्रमण गर्न आउने कूल पर्यटक मध्ये ३० प्रतिशत एफआइटीवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो । नेपालमा कोभिड–१९ भन्दा अघि करिब वार्षिक ४६ हजार पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेको बोर्डका प्रवक्ता एवं निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
उनले बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने जानकारि दिए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने छ ।
यसैगरि, सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने बोर्डले जनाएको छ । यस विषयमा नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ,एअरलाइन्स श्रमिक युनियन (युनिट्राभ) लगायतका संस्थाले लामो समय देखि आवाज उठाउदै आएका थिए ।
युनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बोर्डको यो निर्णय स्वागतयोग्य भएको र यसको सहि कार्यन्वयन हुनुपर्ने धारणा राखे । उनले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतीय पर्यटनको सुरक्षा चासो समेत सम्बोधन हुने बताए ।
बोडेले गरेको यस नयाँ व्यवस्था अनुसार अब पदयात्रा भ्रमणमा जाँदा विदेशी पर्यटकले अनिवार्य रूपमा गाइड साथमा राख्नुपर्ने छ । नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो । अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटक एक्लै भ्रमणमा जाने गरेका थिए ।
नेपाल पर्यटन बोर्डले आगामी १ अप्रिलदेखि लागू हुनेगरी एफआईटी बन्द हुने निणर्य नै गरिसकेको छ । नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जनाएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमासमेत गरिनेछ ।
हालसम्म नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो । अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले २ हजार र सामूहिक भ्रमण जानेहरूले जम्मा हजार रुपैयाँ तिर्नुपर्छ । यो नयाँ निणर्य अनुसार टिम्सकार्डको शुल्क अहिलेको भन्दा शतप्रतिशत बढाईएको छ ।
अहिलेसम्म टिम्सकार्ड लिन नेपाल पर्यटन बोर्ड वा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था छ । बोर्डले यो प्रावधानलाई सहजीकरण गर्दै अब अनलाइनबाटै टिम्सकार्ड दिन सकिने व्यवस्था गर्ने निर्णय समेत गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।