logo

पर्यटनमन्त्रीद्धारा अब गर्ने १० कामको सूचि सार्वजनिक

    1392   पटक पढिएको


१६ फागुन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अब गर्ने १० कामको सुची सर्वजानिक गरेका छन । मन्त्रालयमा आयोजित कार्यक्रममा आफुले पदबहार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको ५ वटा बुँधा सहित मन्त्री किरातीले अब गर्ने १० कामको सुची सार्वजानिक गरेका हुन ।
मन्त्रलयमा पत्रकारहरु संग भेटघाट गर्दै १० बुँधामा अब गर्ने कामहरुको सुचि सार्वजानिक गरेका हुन ।
विभिन्न बुँधाहरु मध्ये नेपाल वायुसेवा निगमका विमान बारम्बार ग्राउण्डेड हुने समस्याबारे छानविन गर्न समिति बनाउने उनले बताए । उनले निगमका जहाजहरु प्राविधिक समस्या देखाउँदै ग्राउण्डेड गर्ने समस्या देखिएको भन्दैै यस विषयमा छानविन हुने बताए ।
उनले उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्ने बताए । उनले महिलाहरुमाथि हुने र्दुव्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी भइरहेको बताए । केही दिनअघि निगमको विमानमा पाइलटहरुले विमान परिचारिकाहरुमाथि र्दुव्यवहार गरेको भन्दै उजुरी परेपछि आरोपीहरुलाई निलम्बन गरिएको थियो ।
मन्त्री किरातीले आफूले मन्त्री भएपछि पाँच वटा काम गरेको बताउँदै पशुपति विश्वविद्यालय स्थापनालगायतका १० वटा आफ्ना योजना सुनाए । आफू आएपछि नेपाल वायुसेवाको अनलाइन टिकेटिङ सुचारु भएको, सरसफाइ र व्यवस्थापकीय सुधार भएको, हवाई सुरक्षासम्बन्धी काम गर्न निर्देशन दिएको, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन गरेको बताए ।
यसैगरि, उनले सरसफाई संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने तयारी रहेको बताए । हवाई नागरिक उडड्यन विद्येक प्रक्रिय बढाउने, गौत्तमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनितिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने १० बुँधमा समेटिएकाछन् ।

माई खोला हाइड्रोपावरले २५ फागुनबाट आइपीओ निष्कासन गर्ने
काठमाडौं÷रास– माई खोला हाइड्रोपावरले यही फागुन २५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।
यसैगरि, एकलाख ५२ हजार नौ ४१ कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी ९ चैतमा हुनेछ भने ढिलोमा २४ चैतमा हुने सो कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आगामी ९ चैतभित्र आवेदन दिनुपर्नेछ ।
स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन् ।
यसैगरि, वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर बिबी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान भई बिक्रीसमेत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।