९ फागुन/अर्थ र व्यापार– त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको विमानको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।
एसएयू ७२१ उडान नम्बरको विमान यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।
तर, इण्डिकेटरले विमानमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । सो विमानमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । विमान पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।
तपाईको प्रतिक्रिया