logo

फेरि विमानस्थलमा अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

    609   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – गत माघ महिनाको जस्तै फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनमको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको हवाई उडान प्रभावित भएको छ ।
यसरी पटक पटक विमानस्थलको हवाई उडान प्रभावित हुँदा विभिन्न गन्तब्यमा जानलागेका सयौं यात्रु समस्यामा परेका छन् । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ ।
अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर डाउन भएपछि सेवा ठप्प हुन्छ । जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धेरै बेर समस्या आए पार्किङ समेत समस्या हुन सक्ने भएकाले अवतरणमा समेत समस्या हुने जोखिम छ ।
अध्यागमन विभागका महानिर्देश ऋषिराम तिवारीले भने विमानस्थलभरि इन्टरनेट सेवामा समस्या आएकाले अध्यागमनको सेवा रोकिएको दाबी गरे । तर विमानस्थलका प्रवक्ता सिटौला भने अध्यागमनको सर्भर मात्रै प्रभावित भएको र त्यसले समग्र विमानस्थलको सेवामा नै समस्या आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।