logo

५७ वर्षपछि बल्ल हानको विधान संशोधन हुँदै, साधारणसभा तीन महिनाभित्र

    540   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) स्थापनाको ५७ वर्षपछि बल्ल पहिलोपटक पूर्णरूपमा विद्यान संशोधन हुने भएको छ ।
अहिले संशोधन हुन लागेको नयाँ विद्यान अनुसार अब हान कार्यसमितिमा पदाधिकारी हुन चाँहने होटल व्यवसायीले कुनै पनि राजनीतिक दलको सदस्य हुन पाउने छैनन । हानका पदाधिकारी कुनैपनि दलको सदस्य हुन नपाउने गरी विधान संशोधन गर्न लागिएको हानले जनाएको छ ।
देसको वर्तमान संघीय संरचनाअनुसार हानलाई पनि अब तीनवटै तहमा लैजाने गरी विधान संशोधनको मस्यौदा तयार भइरहेको हानले जनाएको छ । यसअघि आशिंकमात्र विधान संशोधन भएको थियो । संशोधित विधानको मस्यौदा अनुसार सातवटै प्रदेश र ७७ जिल्लामा इकाई गठन हुनेछन्।
हालसम्म हानको १७ ठाउँमा मात्र इकाई गठन भएका छन्। मुलुक संघीयतामा गएपछिको संरचना अनुसार सञ्चालन भएसँगै अधिकांश सामाजिक संस्था प्रदेश र जिल्लागत संरचनामा गइसकेको अवस्थामा हानले पनि विद्यान संशोधन सहित कार्यक्षेत्र बढाउन आफ्नो तयारी थालेको हो।
हाल केन्द्रमा मात्र सीमित रहेको भन्दै बेलाबेलामा हानको आलोचना भइरहेको छ । अबको केही समयभित्र संघीय संरचनामा विस्तार गर्ने गरी विधान संशोधन गर्न हानका प्रथम उपाध्यक्ष विनायक शाहको संयोजकत्वमा समिति गठन गरिएको हानले जनाएको छ ।
विधान संशोधन समितिमा हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्य, कार्यसमिति सदस्य विनोदशंकर श्रेष्ठ, कानुन व्यवसायी गान्धी पण्डित र पूर्वकोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ सदस्य छन्।
यस समितिले तयार पारेको प्रारम्भिक मस्यौदा अनुसार अब हानमा राजनीतिक हस्तक्षेप निषेध गर्नका लागि पदाधिकारी बन्न चाहनेले कुनै पनि राजनीतिक दलको सदस्य हुन पाउने छैनन्। यदि कुनै पनि पदाधिकारी राजनीतिक दलको सदस्य भएको पुष्टि भए हान पदाधिकारी पद स्वतः खारेज गर्ने कडा व्यवस्था यस विधानमा समेटिएको छ।
पछिल्लो समय अधिकांश संघसंस्थामा राजनीतिक हस्तक्षेप बढिरहेका बेला हानले भने विद्यान संशोधन मार्फत यस्तो कडा नीति ल्याउन लागेको हो। खासगरी पर्यटनसम्बद्ध संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ (एनएमए) मा चरम राजनीतिक हस्तक्षेप बढिरहेका बेला हान पदाधिकारी बन्न कुनै पनि दलको सदस्यता लिएको हुन नहुने नीति विधानमै समावेश गरिएको हान विद्यान संशोधन समितिले जनाएको छ। तर, संशोधित विधान साधारणसभाबाट पास हुन भने बाँकी छ।
ती संस्थाका उम्मेदवार विभिन्न राजनीतिक दलको कार्यालयबाट तय हुने र उनीहरूले काम पनि दलको स्वार्थअनुसार नै गर्ने भएकाले त्यसबाट मुक्ति दिलाउन विधान संशोधनको प्रक्रियामा रहेको विद्यान संशोधन समितिका एक सदस्यले जानकारि दिए ।
निजी क्षेत्रको तर्फबाट प्रतिनिधीत्व हुनेगरि नेपाल पर्यटन बोर्डमा नियुक्त भएका सञ्चालक सदस्यहरूले समेत बोर्ड गठनको मर्मभन्दा राजनीतिक दलको स्वार्थअनुसार काम गरिरहेका छन् भन्दै उनले विद्यान संशोधन समितिका सदस्यले जसरी पर्यटन बोर्ड भद्रगोल हुँदा पर्यटन क्षेत्रले दुःख पाइरहेको छ, त्यही अवस्था हानमा आउन नदिन अहिले व्यवसायीहरु नै सचेत भएर विद्यान संशोधन गर्न लागेको बताए ।
जसकालागि हानको गण्डकी र मधेस प्रदेशमा तदर्थ समिति गठन भइसकेको छ । संघीय संरचनामा लैजाने तयारीस्वरूप हानले केही समयअघि दुई प्रदेशमा इकाई समिति गठन गरिसकेको जनाएको छ । बाँकी पाँच प्रदेशमा पनि इकाई गठन गर्ने तयारी हानको छ । सातवटै प्रदेशमा इकाई गठन भएपछि मात्र विधान संशोधनको प्रस्ताव आगामी साधारणसभामा लैजाने तयारी हानले गरेको छ।
नयाँ संरचनाअनुसार जिल्ला अध्यक्षहरू स्वतः प्रदेश समितिको सदस्य हुनेछन्। यस्तै प्रदेश अध्यक्षहरू केन्द्रको पदेन पदाधिकारी रहनेछन्। प्रदेशका संयोजकहरूले सम्बन्धित जिल्लाका सबै गतिविधि उनीहरूकै मातहतमा हुनेछ भने केन्द्रले गर्ने गतिविधि पनि प्रदेश संयोजक मार्फत नै हुनेछ । केन्द्रीय निर्वाचनमा प्रतिनिधि छनौट कुन विधिबाट हुने भन्ने विषय भने टुंगो लागिसकेको छैन।
वर्तमान हानको विद्यमान विधान अनुसार आगामी नयाँ पदाधिकारी चयनको जिम्मा अध्यक्षलाई छ । सुरुमा विभिन्न विधाका होटल तथा रिसोर्टबाट प्रतिनिधि चयन हुने र त्यही प्रतिनिधिले कार्यसमिति छनौट गर्ने छ । यसरी छानिएका कार्यसमितिले आगामी नयाँ नेतृत्व चयनकालागि अध्यक्षको टुंगो लगाउने छ । पदाधिकारी चयनको सम्पूर्ण अधिकार अध्यक्षलाई दिइएको छ।
यो विषयमा भने अहिलेको विधानमा उल्लेख भएका बुँदा संशोधन हुने छैन । हाल पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे, पर्यटनस्तरीय तथा रिसोर्टका प्रतिनिधि दुई–÷दुई सदस्य साधारणसभामा सहभागी हुन पाउनेछन् । जिल्ला शाखा खोल्न पर्यटकस्तरीयमा २० देखि २५ होटल तथा रिसोर्ट सञ्चालन भएको हुनुपर्ने छ ।

योसँगै हान सदस्य बन्न पर्यटन विभागमा दर्ता भएको, सरकारले होटलका लागि तोकिएको मापदण्ड पूरा भएको र कर कार्यालयमा दर्ता भएको होटल तथा रिसोर्टमात्र योग्य हुनेछन् । ती होटल तथा रिसोर्ट जिल्ला, प्रदेश वा केन्द्रको सदस्य बन्न पाउनेछन्। जसका लागि निश्चित सेवा शुल्क बुझाउनुपर्ने छ । तर, त्यो शुल्क कति रहने भन्ने निर्णय पनि विद्यान मस्यौदा समितिले अहिलेसम्म एकिन गरिसकेको छैन।
यो विद्यान पूर्ण रुपले व्यवसायीमाझ पारित गराउन आयोजना हुने हानको साधारणसभा आगामी तीन महिनाभित्रै सक्ने गरी तयारी भइरहेको हानले जनाएको छ । अहिलेसम्म मिति तय भइसकेको छैन । हालको विधानअनुसार हालको कार्यसमितिको पदावधि सकिईसकेको छ ।
अझै कोरोना महामारिको प्रभावबाट सृर्जित समस्या र आर्थिक मन्दी देखाउँदै साधारणसभाको मिति भने तय भइसकेको छैन। अब हुने साधारणसभाबाट नयाँ कार्यसमितिसमेत चयन हुनेछ । हानमा प्रथम उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।