logo

शिवरात्री पर्वको विशेष तयारी पुरा,शिवरात्रीको दिन २० लाख भक्तजन पशुपतिमा सहभागी हुने अनुमान

    450   पटक पढिएको

३ फागुन/अर्थ र व्यापार – आगामी शनिबार मनाईने महाशिवरात्री पर्वको विशेष तयारी पूरा भएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न करिब २० लाख भक्तजन आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
शिवरात्रिको तयारीबारे जानकारि दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक डा.घनस्याम खतिवडाले यस्तो बताएका हुन ।
कोषका प्रवक्ता एवं शिवरात्री पर्व विशेष कार्यक्रमका प्रचार प्रसार सचिव रेवतीरमण अधिकारीले अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट , भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको बताए ।
उनले यो शिवरात्रिमा करिब २० लाख धार्मिक पर्यटक आउने अनुमान गरिएको बताए । उनले २० लाख भक्तजन र अरु विभिन्न सेवाप्रदायक एवं व्यवस्थापन समितिका प्रतिनिधी, सुरक्षाकर्मी सहित करिब ३० लाखको सहभागीता रहने बताए ।
अधिकारीका अनुसार यस शिवरात्री पर्वलाई विशेष रुपमा मनाउनकालागि कोष संचालक परिषदका अध्यक्ष एवं संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा कुल २०१ जनाको महाशिवरात्री पर्व व्यवस्था मुल समारोह समिति गठन गरिएको छ । यस मुल समिति अन्तरगत ८ वटा विभिन्न विषयगत उपसमितिहरु गठन भई सबै उपसमितिले आ आफ्ना जिम्मेवारी अनुसारको काम गरिरहेका छन । यो पर्वलाई थप व्यवस्थित बनाउन ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरि सम्पन्न गर्ने कोषले जनाएको छ।
यहि पर्वसँग जोडेर यसपाली पशुपति क्षेत्रमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लैजान नपाउने भएको कोषले जनाएको छ । यसैगरि, कोषले स्वंयसेवक, सहयोग विभिन्न नाममा प्रचार हुने गरेको पाईएको भन्दै यसवर्षबाट त्यस्तो नहुने कोषले जनाएको छ । शिवरात्रिको दिन पशुपतिनाथमा राष्ट्रपति विद्यादेवी भण्डारी आफैं आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था एकदमै चुस्त पारिएको कोषले जनाएको छ । यो महाशिवरात्रिको विशेष पर्वलागि ८० लाख रुपैयाँ खर्च छुट्याएको भन्दै फागुन मसान्तसम्म खर्च विवरण सार्वजनिक गर्ने कोषले जनाएको छ । शिवरात्रिका लागि ८० लाख खर्च आन्तरिक कोषबाट हुने कोषले जानकारी दिएको छ ।
महाशिवरात्रीको दिन आउन अब तिनदिन मात्र बाँकी छ । अहिले पशुपतिनाथ मन्दिरपरिसर क्षेत्रमा धमाधम सजावट कार्य भईरहेको छ ।
आगामी शनिबारको दिन मनाईने महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरपरिसरमा फूलमाला र बत्तीले सजावट गर्ने, शिव–पार्वती, गणेश र पशुपतिनाथ मन्दिरसँग सम्बन्धित चित्रकला कोर्ने, आसपासका सडक मर्मत गर्ने, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, गेट निर्माण गर्ने, साधुसन्तका लागि बसोवास व्यवस्थापन गर्ने लगायतका काम गरिरहेको छ । यस वर्षको महाशिवरात्रीकालागि न्युनतम ५ हजार जना साधुसन्तहरु आउने अनुमान गरिएको प्रचार प्रसार संयोजक नारायणप्रसाद सवेदीले जानकारि दिए ।
शिवरात्रिका दिन भक्तजनको भिड व्यवस्थापन, सुरक्षा, यातायात सहजीकरण, विदेशी आगन्तुकहरूलाई बसोवास लगायत तयारीसम्बन्धी कार्य पुरा भएको कोषले जनाएको छ । उनले यस वर्ष शिवरात्रिको अवसरमा भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या धेरै हुने भएकाले सोहीअनुसार तयारी गरिएको बताए ।
कोषले यसपटक शिवरात्रिका दिन वेदको व्याख्या सम्बन्धित विशेष प्रवचनका लागि भारतको जग्गानाथपुरी मठका मठाधीश जगद्गुरु शंकराचार्यको स्वागत तथा अभिनन्दन व्यवस्था उपसमिति नै गठन गरेको छ । सो उपसमितिका संयोजक सदस्यसचिव डा. मिलनकुमार थापाले यसपाली भारतका जगद्गुरु शंकराचार्यलाई आमन्त्रण गरिएको बताए । जगद्गुरु शंकराचार्यले हिन्दू दर्शन, वेद र शिव पार्वतीको कथामा आगामी शुक्रबार, शनिबार र आइतबार तीन दिन प्रवचन दिने कार्यक्रम तय भएको जानकारि दिए ।
यसैगरि, उनले शिवरात्रिको दिन साँझ ५ः२० बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा दर्शन र विशेष पूजामा सहभागी हुने कार्यक्रम रहेकाले यस कोषले सोही अनुसारको तयारी गरेको बताए । शिवरात्रीको दिन राष्ट्रको शान्ति र समृद्धिका लागि पूजा आयोजना गरिने भएको छ । सो दिन राष्ट्रपतिको सवारी हुने वेलामा अन्य भक्तजनलाई मन्दिर प्रवेशमा केही समय रोकिने कोषले जनाएको छ ।
यसैगरि, कोषले शिवरात्रिको दिन भक्तजनलाई मन्दिर दर्शनको सहजताका लागि तीनवटा लाइन र चारवटा ढोकाबाट प्रवेश गराउने तयारी गरेको छ । जयबागेश्वरी, तिलगंगा र गौशाला हुँदै लाइन बसेका भक्तजनलाई चारवटा ढोकाबाट दर्शनका लागि प्रवेश गराइने बताएको छ । सो दिन भिड कम गर्न चारैतिरका ढोका खोलिने कोषले जनाएको छ । सो दिन बिहान तीन बजेदेखि नै भक्तजनलाई मन्दिर प्रवेश गराइने कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।