logo

जनवरीमा ५५ हजार पर्यटक भित्रिए

    1043   पटक पढिएको


१८ माघ/अर्थ र व्यापार – नेपालमा पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको विवरणलाई आधार मानेर उपलब्ध गराएको जानकरी अनुसार मंगलबारदेखि सकिएको जनवरी महिना सन् २०२३ मा विभिन्न देसबाट ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् ।
हिउँदयाममा नेपालमा पर्यटक सिजन मानिँदैन । अर्कोतर्फ चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएको छैन । यस अवस्थामा देखिएको यो आगमन उत्साहजनक रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले जनवरी महिनामा अष्ट्रेलियाबाट राम्रो संख्यामा पर्यटक आएको देखिएकाले उत्साह बढाएको बताए ।
पर्यटन बोर्डका अनुसार यो अवधीमा सबैभन्दा धेरै पर्यटक आउने भारतीय नै भएका छन् । यो हवाईमार्ग प्रयोग गरी आएका पर्यटकको संख्या मात्र हो । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् ।
बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए ।
यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि भने मुलुकले लकडाउनको सामना गर्नु परेको थियो । जनवरी सन् २०१९ मा ८१,२७३, सन् २०२० मा ७९,७०२, सन् २०२१ मा ८,८७४,सन् २०२२ मा १६,४३६ र सन् २०२३ मा ५५,०७४ जना पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका छन ।
बोर्डले उपलब्ध गराएको पर्यटक आगमन संख्याको तथ्यांक अनुसार जनवरी २०२३ मा भारतबाट मात्र १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट सो अवधीमा ६ हजार ५६१ जना पर्यटक नेपाल आएका छन । यसैगरि, अष्ट्रेलियाबाट ३ हजार ४४१ जना र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।
सो अवधीमा छिमेकी देस भारत १६ हजार ४३६ जना पर्यटक नेपाल भित्रिएका छन । यसैगरि, बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल भित्रिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।