logo

जनवरीमा ५५ हजार पर्यटक भित्रिए

    864   पटक पढिएको


१८ माघ/अर्थ र व्यापार – नेपालमा पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने जनवरीमै पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको विवरणलाई आधार मानेर उपलब्ध गराएको जानकरी अनुसार मंगलबारदेखि सकिएको जनवरी महिना सन् २०२३ मा विभिन्न देसबाट ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् ।
हिउँदयाममा नेपालमा पर्यटक सिजन मानिँदैन । अर्कोतर्फ चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएको छैन । यस अवस्थामा देखिएको यो आगमन उत्साहजनक रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले जनवरी महिनामा अष्ट्रेलियाबाट राम्रो संख्यामा पर्यटक आएको देखिएकाले उत्साह बढाएको बताए ।
पर्यटन बोर्डका अनुसार यो अवधीमा सबैभन्दा धेरै पर्यटक आउने भारतीय नै भएका छन् । यो हवाईमार्ग प्रयोग गरी आएका पर्यटकको संख्या मात्र हो । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् ।
बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए ।
यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि भने मुलुकले लकडाउनको सामना गर्नु परेको थियो । जनवरी सन् २०१९ मा ८१,२७३, सन् २०२० मा ७९,७०२, सन् २०२१ मा ८,८७४,सन् २०२२ मा १६,४३६ र सन् २०२३ मा ५५,०७४ जना पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका छन ।
बोर्डले उपलब्ध गराएको पर्यटक आगमन संख्याको तथ्यांक अनुसार जनवरी २०२३ मा भारतबाट मात्र १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट सो अवधीमा ६ हजार ५६१ जना पर्यटक नेपाल आएका छन । यसैगरि, अष्ट्रेलियाबाट ३ हजार ४४१ जना र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।
सो अवधीमा छिमेकी देस भारत १६ हजार ४३६ जना पर्यटक नेपाल भित्रिएका छन । यसैगरि, बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल भित्रिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।