logo

पर्यटन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा

    574   पटक पढिएको


९ माघ/ अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरांतीले आफुले पदभार ग्रहण गरेकै दिनबाट मन्त्रालयमा राखेको सहयोग पेटिकामा अहिलेसम्म ३ लाख रुपैयाँ जम्मा भएको छ ।
मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र महंगा बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको साटो सहयोग रकम संकलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ संकलन भइसकेको मन्त्री किरांतीले बताए । ‘खादा माला नलगाउने र त्यस बरारबरको नगद संकलन गरी दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ । त्यसअनुरुप अहिलेसम्म ३ लाख रकम संकलन भइसकेको छ’ मन्त्री किरांतीले भने ।
एकजना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने खादा र मालाको नाममा मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरुले कति अर्बको खादा माला लगाइदोरहे छ ? भन्ने सहजै अनुमान गर्न सकिने भन्दै उनले अब आफुले अनावस्यक फजुल खर्च नियन्त्रणमा जोड दिने बताए ।
यसैगरि, मन्त्री किरातीले आफूले सम्हालेको मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको समय सापेक्षता अनुसार मन्त्रालयलाई संचालन गर्न सुझाव समेत मागेका थिए । मन्त्री किरातीले सुझाव र जनगुनासो संकलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज समेत सञ्चालनमा ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।