logo

निगमको दैनिक रिपोर्ट बुझाउन पर्यटन मन्त्रीको निर्देशन, काम गर्न नसके राजीनामा दिन आग्रह

    1224   पटक पढिएको


९ माघ/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका विमानहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान समेत भनेका छन ।
मन्त्री किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, विमान कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ?’ उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’
वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने,‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् ?’ उनले अघि भने,‘ सबैको नजर भएको निगमलाई बनाउनु पर्छ, मबाट कसैलाई भेदभाव हुँदैन, मलाई काम चाइयो, निगमले परिणाम देओस् ।’
उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे । ‘म बहुलाएर यो भनेको होइन, म ठीक नै छु,’ उनले भने, ‘त्यसकारण निगम सुधार हुन्छ, म त्यो विश्वास गर्छु ।’ राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरु हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए ।
मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिए । ‘यो देश ६ सय जनाको परिधिभित्र चल्छ, तपाईंको हरेक चलखेल तत्काल थाहा हुन्छ, आजसम्म जे–जे भयो भयो, आइन्दा यस्तो नहोस्’ उनले चेतावनीको भाषामा भने ।
निगमसँग उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न पनि गरे । ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ?,’ उनले भने ,‘मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि !’ एम महिना भित्र टिकेटको समस्या समाधान गर्न निर्देशन दिए ।
‘विमान समयमा उडोस्,’ उनले भने, ‘एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ? ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।’
उनले विगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको बताए ।
‘यो भर्तीकेन्द्र हो र ? यसरी भर्तीकेन्द्र बनाएपछि संस्था डुब्छ,’ उनले भने, ‘आजदेखि विमान रोकिनु हुँदैन, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैं साथ दिन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।