logo

अनुगमन गर्न त्रिभुवन विमानस्थल पुगे मन्त्री किराती,आगमन कक्ष व्यवस्थित गर्न निर्देशन

    186   पटक पढिएको


५ माघ/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । बिहीबार बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
अनुगमनका क्रममा उनले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका छन् ।
विमानस्थलमा आगमनतर्फ अहिले तीनवटा लिफ्ट र एक÷एकवटा ट्रयाबलेटर रहेका छन् । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक त्यहाँ अड्किएर लडेकी थिइन् । उनले उक्त भिडियो टिकटकमा राखेपछि भाइरल भएको छ ।
अहिले लिफ्टहरूमा ट्रली निषेध गरिएको छ । बन्ध गर्दा झन समस्या हुने भएकोले ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको विमानस्थलका प्रमुख ठाकुरले बताए । उनले आगमनतर्फ लिफ्ट अझै थप्न आवश्यक रहेको उनको भनाइ छ । मन्त्रीले फेरि केही दिनमा अनुगमन गर्ने बताएको प्रमुख ठाकुरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।