logo

यती एयरको विमान दुर्घटना नेपालको पर्यटन क्षेत्रकालागि अपूरणीय क्षति : टान

    1274   पटक पढिएको


२ माघ/अर्थ र व्यापार – ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आइतबार पोखरामा भएको यती एयरलाइन्सको एटिआर ७२–५०० विमान दुर्घटनाले नेपालको समग्र पर्यटन क्षेत्रकालागि अपूरणीय क्षति पु¥याएको बताएको छ ।
टानका महासचिव विनोद सापकोटाद्धारा जारि विज्ञप्तिमा कोरोना महामारीबाट भर्खरै तंग्रिदै गरेको नेपालको पर्यटन क्षेत्रमा यस हवाई दुर्घटनाले अपूरणीय क्षति पु¥याएको भनिएको छ ।
यसैगरि, टानले ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जानेगरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा सेती नदिको खोचमा दुर्घटना भएको यती एयरलाइन्सको सो विमान दुर्घटनामा परेका सबै यात्रुहरुको उद्दार र राहतमा राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको जनाएको छ ।
त्यसैगरि, टानले सो दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण प्रति भाबपूर्ण श्रद्दान्जली अर्पण गर्दै मृतआत्माको चिर शान्तिको कामनाको साथ शोकाकुल परिवारजन प्रति टान परिवारको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछौं भनेको छ ।

भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा भएको यो दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र होइन देशको समग्र पर्यटन क्षेत्रमा नै ठुलो धक्का लागेको बताउँदै टानले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्वपूर्ण कदम चाल्ने र आगामी दिनमा यस्ता दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा राज्यको जिम्मेवार निकाय गम्भीर बन्ने अपेक्षा समेत राखेको जनाएको छ । सोही विज्ञप्ति मार्फत टानले यो विमान दुर्घटनाको खबरले टान परिवारलाई स्तब्ध बनाएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।