२१ पुष/अर्थ र व्यापार- पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न जरुरी भएको महसुस गरि अन्तराष्ट्रिय श्रम संगठनको सहयोग र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) द्वारा संचालन गरिएको तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिममा एअरलाइन्स टिकेटिङ र टूर प्रडक्ट डेभलपमेन्ट तालिमहरु समावेश थिए ।
तालिम कार्यक्रममा सहभागी भई तालिम सम्पन्न गरेका ३० जना प्रशिक्षार्थीहरुलाई विहिवार नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्ंजन श्रेष्ठ तथा अन्तराष्ट्रिय श्रम संगठनका राष्ट्रिय संयोजक सौरभ राम जोशी, नाट्टा अध्यक्ष रमेश थापा लगायतले प्रमाणपत्र वितरण गरे । सो अवसरमा तालिम कार्यक्रमहरुबाट रोजगारीको सिर्जना हुनुको साथै कामको खोजीका लागि विदेश जाने यूवाहरुलाई यस कार्यक्रमबाट केहि राहत पुग्ने विश्वास व्यक्त गरियो ।
तपाईको प्रतिक्रिया