logo

एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिए

    1102   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – शनिबारदेखि बिदा भएको सन् २०२२ को एक वर्षको अवधीमा विभिन्न मुलुकबाट ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या नेपालमा कोरोना विश्व महामारी सुरु हुनु भन्दाअघि एवं सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो ।
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार बनाएर नेपाल पर्यटन बोर्डले यस्तो जानकारी गराएको हो । पर्यटन बोर्डका अनुसार भर्खरै समाप्त भएको सन २०२२ को एकवर्षको अवधीमा कुल ६ लाख १४ हजार १४८ जना पर्यटक विभिन्न देसबाट हवाई मार्गहुँदै नेपाल भित्रिएका छन । यो संख्या सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशतले बढी हो ।
सन् २०२२ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डले जनाकारि गराए अनुसार समिक्षा अवधीमा २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् ।
यसैगरि, सो अवधीमा विदेशी नेपाल भित्रिने तेस्रोमा बेलायती रहेका छन् । समिक्षा अवधीमा बेलायतबाट कुल ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । त्यसैगरि, अस्ट्रेलियाबाट २६ हजार ८७४ जना पर्यटक नेपाल आएका छन् ।
सो अवधीमा सार्क दक्षिण एसियाली मुलुक बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक नेपाल आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।