logo

दुबईमा लगानी र पर्यटन प्रवद्र्धनको पहल गर्दै नेपाली व्यवसायी

    1174   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार– नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष पवनकुमार अग्रवालको अध्यक्षतामा गएको १३ सदस्यीय भ्रमण टोलीले दुबई चेम्बर, ¥याक चेम्बर, नेपाली दूतावास दुबई तथा फेडरेसन अफ दुबई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग छलफल तथा अन्तरक्रिया गर्दै व्यापार र पर्यटन अभिवृद्धिका लागि पहल गरेको हो ।
संघका अध्यक्ष पवनकुमार अग्रवालले नेपाल यूएई उद्योग वाणिज्य संघ गठन भएपछिको पहिलो दुबई भ्रमण ऐतिहासिक रुपमा सफल भएको र यसले द्विपक्षीय सम्बन्ध विस्तार तथा नेपालको आर्थिक विकासमा सकारात्मक परिणाम ल्याउने बताए ।
उनले आफूहरुको उद्देश्य द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नु र युएईमा नेपाली व्यापार तथा पर्यटन प्रवर्द्धनका अवसरहरूको खोजी गर्नुका साथै नेपालमा युएईको लगानी आकर्षित गर्नु रहेकाले यो भ्रमण एकदमै सफल र प्रभावकारी भएको बताए ।
आफुहरुले नेपालमा व्यापारका अवसरहरूका बारेमा त्यहाँका व्यवसायीहरुलाई जानकारी गराएको र उनीहरु सकारात्मक देखिएको जानकारि गराउँदै अग्रवालले भने, ‘नेपालमा कुनै पनि व्यापारिक लगानीका लागि सहयोगी संस्थाको रूपमा हाम्रो संघ तयार छ भनेर जानकारी दिएका छौं र यसले दुबईको लगानी यहाँँ ल्याउन सहयोग पुग्नेछ ।’
संघले दुबई चेम्बर्समा उमर अब्दुल्लालिज अलखान नेतृत्वको टोलीसँग फलदायी भेट भएको जनाएको छ । उनले नेपालसँग गरेको यो पहिलो व्यापारिक प्रतिनिधिमण्डलको भेट भएको र यो पहिलो बैठक भए पनि दुबई चेम्बरले अन्य सरकारी संस्थासँग जोड्न र युएईमा रहेका नेपाली कामदारको सीप विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो भेटघाटमा युएईमा फलफूल तथा तरकारी निर्यात गर्ने सम्बन्धमा नियमावलीमा स्पष्टता दिन सहयोग गर्ने, जसले व्यापार बढाउने सहमति गरेको छ । भ्रमणका क्रममा संघले आरएके चेम्बरसँग विस्तृत व्यापारिक छलफल गरेको छ । जुन रास अल खैमाह र नेपाल बीचको व्यापारिक सम्बन्ध बढाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
आरएके चेम्बरले नेपाललाई मार्चमा हुने प्रदर्शनीमा नेपाली व्यवसायीलाई स्टल उपलब्ध गराउने भएको छ । उनीहरुले ¥याक र नेपालबीच व्यावसायिक उडान पुनः सुरु गर्न इच्छुक रहेको र कृषि अवसरमा निकै चासो देखाएका छन् ।
संघको प्रतिनिधिमण्डलले युएईस्थित नेपाली दूतावासबीचको घनिष्ठ सहकार्यबाट नेपाल र युएईबीचको व्यापार र व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।
नेपाल युएई चेम्बरले दूबईस्थित नेपाली राजदूतलाई नेपाल र युएईबीचको व्यापारिक सम्बन्ध बढाउन जिम्मेवार दूतावासमा समर्पित व्यक्ति उपलब्ध गराउन अनुरोध गरेको छ । दूतावासले हामीलाई उनीहरूको पूर्ण सहयोगको आश्वासन दिएको छ र छिट्टै यूएईमा आधारित व्यवसायहरू र हाम्रा सदस्यहरू बीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
संघले फेडरेसन अफ यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीजसँग पनि छलफल गरेको थियो । फेडरेसनका महासचिव हमिद बीन सलेम र इकोनोमिक डेभलपमेन्ट निर्देशक अहमद जमाह अल गाइजीसँग भएको भेटमा दुबै देशहरू बीचको व्यापारिक सम्बन्ध बढाउनमा धेरै फलदायी छलफल भएको संघका अध्यक्ष अग्रवालले बताए । उनीहरुले उपलब्ध व्यवसायिक अवसरहरुको खोजी गर्न नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।
चार दिने दुबई भ्रमणमा संघको तर्फबाट अध्यक्ष अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी तथा कार्यसमिति सदस्यहरु निशान राजभण्डारी, अनोज रिमाल र समिर थापा सहभागी थिए । यस्तै, भ्रमण टोलीमा संघका सदस्यहरु शिवप्रसाद घिमिरे, सुदीप घिमिरे, विमलकुमार सवार्थिया, रमिन्द्र न्यौपाने, अञ्जन भण्डारी, विनय उपाध्याय, विजयकुमार चौधरी र सुनिलभक्त श्रेष्ठ सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।