logo

दिल्ली उडान कटौतीबारे पर्यटनमन्त्रीसहित प्राधिकरण र निगमका प्रतिनिधिबीच छलफल, समन्वय गर्न निर्देशन

    1267   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार – आइतबारबाट दिल्ली उडान तालिका कटौती गरिएको विषयलाई लिएर सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सहितको नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिबीच छलफल भएको छ ।
सोमबारको मन्त्रीस्तरीय बैठकमा निगमले संचालक समितिबाट पास भएपछि मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट उडान भर्ने जनाएको सो छलफलमा सहभागी एक अधिकारीले बताए।
‘आन्तरिक अफिस तयार छ । अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने अवस्थामा हामी यसैलाई विस्तार गर्नेछौं। ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदायक भएका कारण एक चरणको सेटअप तयार भइसकेको जानकारि गराउँदै सो छलफलमा सहभागी एक अधिकारीले भने,’अझै व्यवसायीक उडान व्यवस्थापन गर्नेकाम बाँकी छ । संचालक समितिको स्वीकृतिपछि प्रक्रिया अघि बढाउनेछौं।’
उनले नयाँ विमानस्थलबाट बेस अथवा टचडाउनमध्ये कस्तो प्रकारको उडान गर्ने विषय टुंगो लाग्न बाँकी नै रहेको जानकारी दिए । आइतबार प्राधिकरणले जारी गरेको विन्टर सेड्युलविपरीत उडान गरेको भन्दै निगमको काठमाडौं–दिल्ली उडान रोकिदिएको थियो। निगमले पूर्व तयारीका लागि डिसेम्बर ३० सम्म म्याद माग गर्दा पनि नदिएको जनाएको छ।
अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवाबाट उडान भर्न प्रयाप्त समय दिइएको बताउँदै ति अधिकारीले भने, ‘आफ्नै मुलुकको वायुसेवालाई यसरी दबाबमा पार्नुको कारण बुझ्न सकिएन ।’
सो प्रकरणमा मन्त्री श्रेष्ठले निगम र प्राधिकरणबीच समन्वय कमी भएको बताए । उनले राज्यले गरेको निर्णयमा मन्त्रालयसँग समन्वयमा बस्न आवश्यक रहेको बताए । निगमका अनुसार प्राधिकरणले जारी गरेको विन्टर सेड्युल अनुसार टीआइएबाट हुँदै आएको कुल १४ मध्ये साताको १० वटा मात्र उडान भर्न पाउने व्यवस्था गरिएको छ ।
प्राधिकरणले आगामी डिसेम्बर १६ बाट लागू हुने गरी एयर अरेबिया, फ्लाइ दुबई, कतार एयरवेज लगायत अन्तर्राष्ट्रिय वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट उडान भर्न पत्राचार गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।