logo

केहिदिन रोकिएको प्याराग्लाइडिङ उडान पुनः खुल्यो

    1179   पटक पढिएको


७ कात्तिक/अर्थ र व्यापार – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एकजना खेलाडीको मृत्यु भएपछि केहीदिन रोकिएको प्याराग्लाइडिङ उडान  खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पाँचवटा शर्तसहित प्याराग्लाइडिङ आइतबारदेखि पुनः सञ्चालन गर्न अनुमति दिएको हो ।
प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि केही दिन रोकिएको प्याराग्लाइडिङ उडान पुनः खुला गरिएको प्राधिकरणका उडान अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए ।
प्राधिकरणले तोकेको सर्तअनुसार अब उडान क्षेत्रमा मात्रै उडान भर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने उल्लेख छ ।
यसैगरि, प्राधिकरणले व्यवसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्थिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने लगायतका सर्तहरु उल्लेख गरेको छ ।
यसैगरि, प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ ।
यसअघि गत ३० असोजमा नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताको क्रममा दुर्घटना हुँदा नेपाली सेनाका एकजना खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । सोही दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिवन्ध गराउने निणर्य गरेको थियो ।
सो दुर्घटनापछि प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन सरकारले प्राधिकरणका उप महानिर्देशक हंशराज पाण्डेयको संयोजकत्वमा गत २ कात्तिकमा अनुसन्धान तथा सुझाव समिति गठन गरेको थियो ।
सोही समितिले विभिन्न सर्तसहित प्याराग्लाइडिङ खुला गर्न गत ४ कात्तिकमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा १५ दिनभित्र सर्त कार्यान्वयन गरी आइतबारबाट उडान खुला गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि नेपालका प्याराग्लाडिङ उडान खासै व्यस्थित र सुरक्षित नभएको भन्दै सरकारले गत ३० असोजमा मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने निणर्य गरेको थियो । त्यसबेला प्राधिकरणले अर्को व्यवस्था नभएसम्मकालागि मुलुकभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।