logo

यात्रु नपाएको भन्दै जजिरा एयरले रोक्यो दैनिक उडान, सेवा सञ्चालन खर्च नउठ्ने ठाउँमा विमान नउडाइने

    1194   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – विगत केही समयदेखि बल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्दै आएको एकमात्र जजिरा एयरको उडान पनि रोकिएको छ।
विमान चढ्ने यात्रु नै नभएर खर्च धान्नै नसकिएको बताउँदै जजिरा एयरवेजले यसअघि दैनिक भर्दै आएको उडानलाई रोकेर अब सातामा जम्मा तीन पटक मात्र भर्ने जानकारी दिएको छ ।
जजिरा एयरवेजले गत २६देखि २८ असोजमा हुनुपर्ने दैनिक नियमिच उडान रोकेपछि सो विमान हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली कामदार लगायतका यात्रुसहित अन्य काम विशेषले जाने यात्रुसमेत प्रभावित भएका थिए ।
सो समय विमान नउडेपछि घरबाट निस्केर विमानस्थल पुगेका यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरेका थिए । तर, जजिरा एयरवेजको विमानले उडान भरेन ।
तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले यस्तो जानकारी दिएका हुन ।
दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले हाल सो विमानको लिज सकिएको र नयाँ विमान खरिद गर्ने प्रक्रियामा रहेको कारण लुम्विनीको नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि भने पुनः दैनिक उडान नियमित हुने आश्वासन पाएको बताए ।
जजिराले आफ्ना नयाँ विमान लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान भर्न नसके पनि कम्तीमा पनि एकदिन बिराएर उडान भर्ने सहमति भएको बताउँदै दाहालले भने, ‘विगत तीन दिनसम्म नियमित उडान नहुँदा यात्रु रोकिएका थिए ।
शनिबार जजिराले उडान भरेपछि केही समस्या हल भएको उनको भनाई छ । विमाननस्थलका प्रमुखले नयाँ विमनको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए । ‘पहिला सातामा तीनवटा उडान भरिरहेका थियौँ, राम्रै यात्रु पायौँ ।’ नागरथले भने, ‘अहिले यात्रु संख्या ह्वात्तै घटेकाले उडान घटाएका हौँ । अब पहिले झैँ सातामा तीन उडान मात्र भर्नेछौँ ।’
यसैगरि, नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । ‘मागअनुसार नै आपूर्ति गर्ने हो । खाली विमान कहिलेसम्म उडाउने ?’ उनले भने, ‘हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ ।’
जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन ।
गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकल लगायतका काम गर्नकालागि काठमाडौं नै जानु परेको समस्याका कारण पनि यो विमानस्थलको उडान सञ्चालनमा कठिनाई आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।