logo

सरकारले बन्द गरिदियो मुलुकभरका सबै प्याराग्लाइडिङ उडान

    1233   पटक पढिएको

३० असोज/अर्थ र व्यापार – सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिवन्ध) गर्ने निणर्य गरेको छ ।
आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निणर्य गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मकालागि मुलुकभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यस्तो जानकारी दिएका हुन ।
सुरक्षा व्यवस्थापनको विषयलाई लिएर अकस्मात गरिएको यो प्रतिवन्ध अर्को व्यवस्था नभएसम्मकालागि मुलुकभर मनोरञ्जनात्मक,व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको बताउँदै निरौलाले भने, ‘अब हामी प्याराग्लाइडिङ उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’
आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेलमा सहभागी एकजनाको प्याराग्लाइडिङ दुर्घटना निधन भएको थियो । त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको खेल प्रदर्शन गर्ने क्रममा आकासबाट खसेर मृत्यु भएको थियो । सोही घटनालाई लिएर आइतबार प्राधिकरणले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
पछिल्लो समय देसका धेरै ठाउँमा साहसिक पर्यटकीय गतिविधी प्याराग्लाइडिङ खेलको विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ । अझै प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको यस्तो दुर्घटनाको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले थप सुरक्षा व्यवस्था नभइन्जेलसम्मकालागि उडान रोकेको हो । सरकारको यस निणर्यले अब देसभर सञ्चालित सबै प्याराग्लाइडिङ उडान बन्द हुने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।