logo

हेलिकप्टरद्वारा मनाङबाट ८२ पर्यटकको उद्धार

    1217   पटक पढिएको

२५ असोज/अर्थ र व्यापार – हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।
जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो ।
हेलिकप्टर मार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उनले बताए । उनका अनुसार ७३ बाह्य पर्यटक र ९ जना आन्तरिक पर्यटक गरी हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
बाढीपहिरोले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।
बंगालको खाडीबाट विकसित हुँदै नेपाल प्रवेश गरेको मनसुनले गर्दा पर्यटक आवागमनको उपयुक्त समयमा पनि सडकमार्गको उपयोग गर्न समस्या भएको छ । सडकमार्गमार्फत यात्रा गर्न समस्या हुँदा मनाङमा पहिलोपटक एकै दिनमा १ सय २० पटक हेलिकप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ ।
अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा १ सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो । मनाङ लगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए ।
निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटक बीचबाटोमै अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्धार गरिएको छ । मनाङको अन्नपूर्ण, गोरखाको मनास्लु, मुस्ताङको धौलागिरि क्षेत्रमा पर्यटक पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।