logo

ढाकामा हुने नवौं एसियन टुरिजम फेयरमा नाट्टाको प्रतिनिधी सहभागी

    1419   पटक पढिएको

१२ असोज/अर्थ र व्यापार – नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का प्रतिनिधी नेपाली पर्यटन व्यवसायीहरुको सहभागितामा बंगलादेशको ढाकामा भोलि २९ सेप्टेम्बरदेखि आगामी १ अक्टोवरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेयरमा सहभागी भएका छन ।

कोरोना विश्व महामारिले प्रभावित पर्यटन व्यवसाय विस्तारै चलायमान भई नेपालमा पर्यटन सिजन सुरु हुन लागेको समयमा ढाकामा आयोजित सो फेयरमा नाट्टाका बरिष्ठ उपाध्यक्ष प्रमोद दाहलको नेतृत्वमा नाट्टाका १२ जना पर्यटन व्यवसायी प्रतिनिधी सहभागी भएका हुन । उनीहरु सो फेयरमा सहभागी हुन बुधबार बंगलादेश प्रस्थान गरेका छन । यस टोलीमा नाट्टाका कार्यसमिति सदस्य श्रद्धा जोशीले सह संयोजक गरेकी छिन ।
सो कार्यक्रममा सहभागी हुन जाने व्यवसायी प्रतिनिधीको टोलीलाई नाट्टाका अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्चुत गुरागाइँ र महासचिव कुमारमणी थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर खादा ओडाएर बधाई तथा कार्यक्रम सफलताको शुभकामना सहित बिदाई गरेका थिए ।
विगतका वर्षहरुमा झै यसपालीको यो कार्यक्रममा सहभागी हुन नाट्टाले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको थियो । कार्यक्रममा पर्यटन बोर्डबाट प्रदर्शनी गरिने छ । यो वर्षको कार्यक्रममा आयोजकले नेपाललाई पार्टनर कन्ट्रीको रुपमा स्थान उपलब्ध गराएको नाट्टाले जनाएको छ । सो कार्यक्रममा बंगलादेशस्थित नेपाली दुतावासले नेपाली व्यवसायी लगायत विभिन्न देसका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारहरुलाई रात्रीभोज सहित नेपाल नाइट कार्यक्रम आयोजना गर्ने नाट्टाले जनाएको छ ।
एसियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम हो । सो फेयरमा संसारभरका विभिन्न देसबाट सहभागी भएका पर्यटन व्यवसायीहरुले आ– आफ्नो देसको पर्यटन प्रवद्र्धन गर्न स्टलमा प्रदर्शन गर्ने, बिटुबी कार्यक्रम समेत सञ्चालन गर्ने छन । यस कार्यक्रम बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा हुन लागेको नाट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।