logo

‘पाटा आईडी’ तथा विश्व पर्यटन दिवस सम्पन्न

    1122   पटक पढिएको


१२ असोज/अर्थ र व्यापार – प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मन्डिखाटारस्थित गेट कलेजमा पाटा आईडी नामक एउटा नयाँ कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व पर्यटन दिवस २०२२ को मूल नारा ‘रिथिंकिङ टुरिजम’लाई आत्मसात् गर्दै संस्थाको ४७औं वार्षिकोत्सव मनाउन आयोजित पाटा आईडी कार्यक्रम एक सञ्जाल विस्तार, नेटवर्किङ, अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कार र मनोरञ्जन कार्यक्रमका रूपमा सम्पन्न भएको छ र यो कार्यक्रम आगामी प्रत्येक वर्ष पाटा नेपालले वार्षिक कार्यक्रमका रूपमा मनाउने भएको छ ।
पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रममा, पाटा नेपाल च्याप्टरले आगामी वर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको थियो ।
पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रूपमा हिमालयन ट्राभल मार्टका तीन अति सफल संस्करण आयोजना गरेको थियो, जुन विश्वव्यापी महामारीपश्चात् पछिल्लो समयमा आयोजना हुन सकेको छैन ।
नेपालको पर्यटन व्यवसाय तथा गन्तव्य प्रवद्र्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेता, हिमालयन बिक्रेता, ट्राभल ब्लगर, प्रभावकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू, ट्राभल उद्योग व्यवसायीहरू र विश्वभरका प्रतिनिधिको उल्लेखनीय सहभागिता गराई उनीहरूबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तार, ज्ञान तथा सीप आदान–प्रदान गर्ने एक अद्वितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम हो ।
कार्यक्रमबीच पाटाले आफ्नो वार्षिक पुरस्कार वितरण समारोहसमेत आयोजना गरी निम्न पर्यटन सम्बन्धित व्यक्तित्व र संस्थालाई सम्मान गरेको छ ।
लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२:
पाटा नेपाल च्याप्टरका संस्थापक कोषाध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी ज्योतिलाल खन्नालाई पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
पाटा पर्सनालिटी अफ द इयर २०२१:
पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीलाई असिम उत्साहका साथ पर्यटन क्षेत्रमा सहयोग, सक्रियता, वकालत, संलग्नता तथा अथक प्रयासको कदरस्वरूप ‘पाटा पर्सनालिटी अफ द इयर २०२१’ प्रदान गरिएको छ ।
टुरिजम ट्रेल ब्लेजर अवार्ड २०२२:
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई असाधारण नेतृत्वदायी भूमिका र पर्यटन उद्योगको विकासका लागि प्रस्तुत गरेको उत्कृष्ट तथा अग्रगामी पहलको कदरस्वरूप पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ बाट सम्मानित गरिएको छ ।
वेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२:
पाटाले आफ्ना सदस्य शैक्षिक संस्थामध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावनाअनुरूप उत्कृष्ठ क्रियाकलाप गरेकोमा प्रशंसा गर्दै ग्लोबल कलेज इन्टरनेसनललाई वेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ अवार्ड प्रदान गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।