logo

मकालु एड्भेन्चरको यति माउन्टेनबाईक रेस सम्पन्न

    1160   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – मकालु एड्भेन्चर प्रालिले यति माउन्टेनबाईक रेस सम्पन्न गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मकालु एड्भेन्चरले आयोजना गरेको सो माउन्टेनबाकईक रेसमा स्पेनका आठ जनाको टोली सहभागी भएका थिए ।
संसारकै उत्कृष्ट र आकर्षक पदयात्रा मार्ग अन्नपूर्ण पदयात्रा सर्किटको बेसिशहरदेखि मनाङ–मुक्तिनाथ हुँदै म्याग्दीको बेनीसम्म गत १९ देखि २५ सेक्टेम्वरमा भएको सो माउन्टेनबाईक रेस छैठौं पटकको हो ।
यसभन्दा अघि नेपालका विभिन्न ठाउँमा पाँचपटक सम्म यस्तै माउन्टेनबाईक रेस आयोजना गरिएको मकालु एड्भेन्चर प्रालिका प्रवन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारि दिए ।
उनले नेपालको यस्ता पर्यटकीय गतिविधीलाई संसारभरका पर्यटकमाझ पु¥याएर यो यति माउन्टेनबाईक रेस प्रतियोगिताको आकर्षण विश्वव्यापी बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा यो यति माउन्टेनबाईक रेसलाई थप आकर्षक बनाएर अघिबढ्ने लक्ष्य लिएको बताए ।
यति माउन्टेनबाईक रेसमा सहभागी भई काठमाडौ आइपुगेका स्पनका राइडरहरुलाई मेडल सहित सम्मान गरिएको थियो । सो कार्यक्रममा काठमाडौ उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराई, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, यति माउन्टेनबाकईक रेस कार्यक्रममा व्यवस्थापक शिव भण्डारी लगायतले मकालु एड्भेन्चरद्धारा आयोजित यो कार्यक्रम नेपालको पर्यटन पर्वद्धनकालागि निकै उपलब्धीमुलक र फलदायी हुने बताएका थिए ।
उनीहरुले यस्तो कार्यक्रम अन्य व्यवसायी तथा सरोकारवालाहरुकालागि एकदमै उदाहरणीय भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।