logo

मकालु एड्भेन्चरको यति माउन्टेनबाईक रेस सम्पन्न

    1678   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – मकालु एड्भेन्चर प्रालिले यति माउन्टेनबाईक रेस सम्पन्न गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मकालु एड्भेन्चरले आयोजना गरेको सो माउन्टेनबाकईक रेसमा स्पेनका आठ जनाको टोली सहभागी भएका थिए ।
संसारकै उत्कृष्ट र आकर्षक पदयात्रा मार्ग अन्नपूर्ण पदयात्रा सर्किटको बेसिशहरदेखि मनाङ–मुक्तिनाथ हुँदै म्याग्दीको बेनीसम्म गत १९ देखि २५ सेक्टेम्वरमा भएको सो माउन्टेनबाईक रेस छैठौं पटकको हो ।
यसभन्दा अघि नेपालका विभिन्न ठाउँमा पाँचपटक सम्म यस्तै माउन्टेनबाईक रेस आयोजना गरिएको मकालु एड्भेन्चर प्रालिका प्रवन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारि दिए ।
उनले नेपालको यस्ता पर्यटकीय गतिविधीलाई संसारभरका पर्यटकमाझ पु¥याएर यो यति माउन्टेनबाईक रेस प्रतियोगिताको आकर्षण विश्वव्यापी बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा यो यति माउन्टेनबाईक रेसलाई थप आकर्षक बनाएर अघिबढ्ने लक्ष्य लिएको बताए ।
यति माउन्टेनबाईक रेसमा सहभागी भई काठमाडौ आइपुगेका स्पनका राइडरहरुलाई मेडल सहित सम्मान गरिएको थियो । सो कार्यक्रममा काठमाडौ उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराई, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, यति माउन्टेनबाकईक रेस कार्यक्रममा व्यवस्थापक शिव भण्डारी लगायतले मकालु एड्भेन्चरद्धारा आयोजित यो कार्यक्रम नेपालको पर्यटन पर्वद्धनकालागि निकै उपलब्धीमुलक र फलदायी हुने बताएका थिए ।
उनीहरुले यस्तो कार्यक्रम अन्य व्यवसायी तथा सरोकारवालाहरुकालागि एकदमै उदाहरणीय भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।