logo

थालियो पर्यटकीय गन्तव्यस्थल विशेष सरसफाई अभियान,पर्यटनमन्त्रीले गरे शुभारम्भ

    1034   पटक पढिएको

१७ भदौ/अर्थ र व्यापार – पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार काठमाडौंको हनुमानढोका दरबार संरक्षण क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको थालनी गरेका छन् ।
सो अवसरमा विभिन्न संस्थाका प्रमुखहरूलाई कुचो हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले जनचेतनाकासाथ सबैको सहयोग सहकार्य रहेमा पर्यटकीय स्थलहरू सधैं सफा रहने बताए । उनले पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल ग्रीन नेपाल अभियानको अवधारणा अन्र्तगत प्रदेश सरकार, स्थानीय तहहरु, नागरिक समाज, एवं निजी श्रेष्सँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने कार्यक्रम अनुरुप यो अभियान शुरु गरिएको जानकारी दिए ।
यस अभियान अन्तर्गत हनुमानढोका दरबार संरक्षण क्षेत्र, बसन्तपुर, असन, डंहिटी चोक हुँदै ठमेलको नरसिंह चोक लगायतका स्थानहरूमा सरसफाइ गरिएको थियो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यकासाथ यस्तो सरसफाई अभियान सुरु गरिएको जानकारी दिए ।
सरसफाई कार्यक्रममा पर्यटन मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव सुरेश अधिकारी सहित नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, काठमाण्डौं महानगरपालिका, होटल संघ नेपाल (हान), नेपाल एशोसिएसन अफ ¥याफटिङ एजेन्टस (नारा), ठमेल पर्यटन विकास परिषद, नेपाल प्रहरी ,पर्यटक प्रहरी लगायतका संस्थाहरूको प्रतिनिधी सहभागि भएका थिए ।
ठमेलमा पुगेर समापन भएको सो कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकीय स्थलको सरसफाइलाई सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले सरसफाई अभियानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्मालाई सरसफाई सामग्री हस्तान्तरण गरेका थिए । अब क्रमशः परिषदले हरेक साता सो क्षेत्रमा सरसफाई अभियान संचालन गर्न परिषदका अध्यक्ष शर्माले प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।