logo

पर्यटक आगमसँगै आम्दानी बढ्यो,एकवर्षमा भ्रमण आय साढे ३२ अर्ब

    853   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – कोरोना भाइरसको विश्व महामारीका कारण थला परेको मुलुकको पर्यटन क्षेत्रमा अहिले पर्यटक आगम संख्यामा देखिएको सुधारसँगै आम्दानी समेत बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्यामा आएको सुधारसँगै ति पर्यटकले गर्ने भ्रमण आय समेत केही बढेको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा कुल भ्रमण आय ३२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सो अवधीमा भ्रमण व्यय ९७ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा ६७ अर्ब ७० करोड रुपैयाँ शिक्षाका लागि विदेशिएको हो ।
यस अनुसार नेपाली नागरिकले शिक्षामा बाहेक भ्रमणको प्रयोजनमा विदेशमा २९ अर्ब ६२ करोड खर्च गरेका छन् । यसरी भ्रमण आय २ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
पर्यटनबाट हुने आय अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा मात्र ७ अर्ब २६ करोडमा खुम्चिएको थियो । समिक्षा अवधीको वर्ष पर्यटक आय समेत नराम्रोसँग प्रभावित भएको थियो । सो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने ६० अर्ब ८५ करोड रुपैयाँ भ्रमण आय रहेको थियो । सो आवको अन्तिम चार महिनामा भने कोरोना महामारीले पर्यटक आगमन ठप्प भएको थियो ।
सन् २०१९ मा नेपालमा कीर्तिमानी संख्यामा पर्यटक आगमन भएको थियो । सो वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०२० मा सरकारले भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने लक्ष्य लियो । तर, भ्रमण वर्ष शुरु भएको २ महिना भित्रै कोरोना महामारी र लकडाउन शुरु भयो । यसबाट लगातार पर्यटक आगमन प्रभावित भइरह्यो ।
सन् २०२० मा २ लाख ३० हजार पर्यटक आएकोमा सन् २०२१ मा मात्र १ लाख ४९ हजार ८३३ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा भने पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जुलाईसम्म २ लाख ८२ हजार १२२ जना पर्यटक नेपाल भित्रिसकेका छन् ।
अझै नेपालबाट भने कति मानिस भ्रमणको प्रयोजनमा बाहिरिन्छन् भन्ने यकिन तथ्यांक छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १६ लाख २३ हजार ४ सय ८४ जना नेपाली विदेश गएका थिए ।
यो संख्या वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य–उपचार, व्यापार, सरकारी तथा औपचारिक भ्रमण, संयुक्त राष्ट्रसंघमा खटिने कर्मचारी र भ्रमणका सिलसिलामा गएकाहरुको संयुक्त संख्या हो ।

यस्तो छ पर्यटक भ्रमण आय
आव २०७६/७७: ६० अर्ब ८५ करोड
आव २०७७/७८: ७ अर्ब २६ करोड
आव २०७८/७९: ३२ अर्ब ४४ करोड

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।