logo

क्याथे प्यासिफिक एयरवेजले हंकङ–काठमाडौँ उडान भर्ने

    1289   पटक पढिएको

२२ साउन/अर्थ र व्यापार – हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हंकङ–काठमाडौँ सिधा उडान भर्ने भएको छ ।
एयरवेजले आगामी १५ असोजदेखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे प्यासिफिक एयरवेजले काठमाडौ–हंकङ उडानका लागि आवस्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र अब स्लट मिलाउन मात्र बाँकी रहेको जानकारि गराए । प्राधिकरणका अनुसार सो एयरवेजले सातामा एकदिन दिउँसोको समयमा उडान भर्न स्लट मागेको छ ।
प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए । क्योथे प्यासिफिक एयरवेजले आगामी १ अक्टोबर देखि नियमित उडान भर्ने भनेको थियो । तर, अझै स्लट मिलिनसकेको जानकारी गराउँदै निरौलाले भने, ‘ एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, प्राधिकरणले राति ८ बजेपछिको समय दिने भनेको छ , अहिले यो एयरवेजले सहमति जनाइसकेको छैन ।’
क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हंकङ–काठमाडौँ–हंकङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हंकङको ड्र्यागन एयरलाइन्स अन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हंकङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हंकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेड अन्तर्गतकै विमान कम्पनी हो ।
क्याथे प्यासिफिक एयरवेज लिमिटेड हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हंकङ अन्तर्राष्ट्रिय विमानस्थलमा नै रहेको छ । अहिले काठमाडौं–हंकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले व्यवसायिक उडान भरिरहेको छ । विशेषगरि नेपाली यात्रुको बाहुल्यता रहेको हंकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हंकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान लगायत गन्तव्यमा पुग्न यो उडानबाट सहज हुने छ ।
हाल क्याथे प्यासिफिकले हंकङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत १७ असारमा थाइल्याण्डको थाई स्माइल एयरवेज र २२ असार देखि श्रीलंकन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।